Siraha Times
ताजा समाचार

विधि र पद्धति अनुसार चल्ने पार्टी माओवादी केन्द्र : नेता पोखरेल

  • मंसिर २०, २०७८
  • ६३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २० , मंसिर । नेकपा (माओवादी केन्द्र) विधि र पद्धति अनुसार चल्ने पार्टी भएको पार्टीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताउनु भएको छ । पार्टीको प्रथम लहान नगर सम्मेलनको उदघाटन गर्न शनिबार सिरहा आएका उनले माओवादी केन्द्र जनताको हितमा बिधानलाई टेकेर अगाडि बढ्ने पार्टी भएको सुनाउनु भयो । पूर्व शिक्षा मन्त्रीसमेत रहनुभएका नेता पोखरेल , ‘ पार्टीलाई जनताको पक्षमा लैजान कार्यकर्ता लगायत निर्वाचित जनप्रतिनिधिहरुले जनताको जीवन स्तर उकास्न तिर ध्यान दिनुपर्ने बाताएका छन् । जनताका लागि परिवर्तनको अनुभुती हुने खालका कामहरु गरेमा मात्र पार्टी ब्यबस्थित र बलियो हुने तर्क गरे ।,

Open photo

उदघाटन शत्रमा कार्यकर्ताहरुलाई करिब २ घण्टा प्रशिक्षण दिदै पोखरेलले भने , ' सर्वसाधारणले लोकतन्त्रको साँचो उपभोगको अनुभूति गर्न पाउनुपर्छ, र त्यसको लागि गरिव र सर्वहारा बर्गको घर- घरमा गएर पार्टीका नेताहरुले काम गर्नुपर्ने बताए । उत्पीडित समुदायको मुक्तिको लागि माओवादी केन्द्र सदैब आगाडी बढने पार्टि भएको भन्दै उनले - ' पार्टी गणतन्त्र स्थापनाका लागि गरेका योगदान र राष्ट्रिय स्वाधिनताको सवालमा खेलेका भुमिका सहराहनिय भएकोले पुन: ठूलो शक्तिको रुपामा पार्टी रहने विश्वास व्यक्त गरे । प्रतिनिधि सभा सदस्य समेत रहेका नेता पोखरेल प्रविधिको तिब्र गतिको विकासका कारण पार्टीलाई प्रविधीमैत्री बनाउन जोड दिएका छन् ।कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सीता पोखरेल, खडगनारायण चौधरी, विजय गुप्ता, गणेश चौधरी, हेमन्त यादवलगायतले मन्तव्य राख्नु भएका थिए । सोही क्रममा नेपाली कांग्रेस, नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका नव प्रवेशीहरुलाई प्रमुख अतिथिले अबिर र माला लगाई पार्टी प्रवेश गराएका थिए । यसबैबीच नेकपा माओवादी केन्द्रको प्रथम लहान नगर सम्मेलनमा आज ४०० जना नगर प्रतिनिधि र पर्यबेक्षकको सहभागी कार्यक्रम भएको छ । सो सम्मेलनले ६५ जनाको नगर कमिटी गठन गरिएको छ भने अध्यक्षको लागि तीन दावी रहेकोले सहमतीको प्रयास भइरहेको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१