Siraha Times
ताजा समाचार

शिवशक्ति महायज्ञमा भक्तजनको घुईचो : अयोध्याका रामलिलाले दर्शकलाई मन्त्रमुग्ध गर्दै

  • भदौ १४, २०७५
  • ८५८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १४ भदौ । मिर्चैयामा भईरहेको शिवशक्ति महायज्ञमा भक्तजनहरुको घुईचो बढ्दै गएको छ । विश्व शान्तिको उद्धेश्यले मिर्चैया नगरपालिका वडा नं. ६ मटियर्वा स्थित बतहा खोलामा आयोजना गरिएको शिवशक्ति महायज्ञमा पुजापाठ गर्न तथा यज्ञ भर्नका लागि आउने दर्शनार्थीहरुको घुईचो लागेको आयोजकले बताए । 
महायज्ञको मुख्य आकर्षण अयोध्याका रामलिला रहेका छन् । पौराणिक कालको झझ्ल्को दिने किसिमले मंचन भइरहेको रामलिलाले दर्शकहरुलाई मन्त्रमुग्ध गरिरहेका छन् । प्रत्येक राति भइरहेको रामलिला हेर्नका लागि बिभिन्न स्थानबाट आएका दर्शनार्थीहरुले थप रौनक बढाएका छन् । 
देश र समाजमा बढ्दै गएको हत्याहिंसा, बलात्कार, अत्याचारलाई न्युन गर्ने उदेश्यले आयोजना गरिएको महायज्ञले मानव प्राणीमा सदाचार,सदभाव र भाईचारा बढ्नुको साथै धर्मप्रतिको आस्था जाग्ने अपेक्षा गरिएको छ । समाजमा समाजिक परम्परा भड्किने र आँच आउने किसिमको नृत्य कार्यक्रमलाई बिस्थापित गरी संस्कृति र परम्परालाई जागाउँनका लागि अयोध्याको रामलिलाको आयोजन गरिएको महायज्ञ आयोजक समितिका उपाध्यक्ष संजिब यादबले बताए ।
हरिद्धार उतराखण्डका श्री श्री १०८ श्री बाल व्यास मौनी बाबा र तान्त्रिक बाबा महाराज बिक्रम दासको प्रमुख आयोजनामा भईरहेको महायज्ञमा मटियर्वावासीको सहयोग रहेका छन् ।  
 
भदौ १० गतेदेखि सुरु भएको महायज्ञ भदौ १८ गते सम्म चल्ने उपाध्यक्ष संजिब यादबले बताए ।
 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१