Siraha Times
ताजा समाचार

देशमा संकट आएको बेला माओवादी पार्टीको भुमिका अग्रनी थियो: नेता चौधरी

  • मंसिर १९, २०७८
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा १९ मंसिर- सिरहाको लहानमा महान गौरवशालीन पार्टी माओवादी केन्द्रको लहान नगर समेलन भब्य रूपमा सम्पन्न भएको छ।पार्टीका नगर संयोजक खडक नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारको पुर्व शिक्षा मन्त्री तथा पार्टीका स्थाई समिति सदस्य गिरिराजमणि पोखरेलले लहान समेलनको उदघाटन पान्समा बति बालर गरेका थिए। बिशिस्ट अतिथिमा पुर्व मन्त्री सुनिता महतो,नेतृ सीता पोखरेल सहिद परिवारका प्रतिनिधि तथा पार्टीका नेतृ सुधा देबि यादव,नेकपा एमालेका वरिष्ठ नेता राजेन्द्र प्रसाद चौधरी राष्ट्रिय दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य राज कुमार साह अतिथिहरुमा पार्टीका प्रभाव सालीन नेता बिजय गुप्ता देब नारायण महतो,लहान नगरपालिका वडा नम्बर २० वडा अध्यक्ष तथा पार्टीका नेता गणेश चौधरी,जनप्रतिनिधि तथा नेता हेमन्त यादव, मनोज सहनी,विद्यार्थी नेता राम उदगार यादव लगायतका नेताहरु रहेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य नेता देब नारायण महतोले राखनु भएको थियो। हरि यादव लगायत सहिद परिवारका ब्यक्तीहरुलाई दोसल्ला ओडाएर समान गरेका थिए। विभिन्न पार्टी प्रतियाग गरी दर्जनौं ब्यक्ती माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उक्त समेलनमा सर्वसहमतिबाट ६५ नयाँ समिति चयन गरेका छन्। नगर अध्यक्ष केहि हप्ता पछी चयन गर्ने आयोजकले जानकारी दिनु भयो। प्रमुख अतिथि पोखरेलका अनुसार तपाई हामीको बैचारिक स्तर माथि उठाउनु जरुरी छ बिधि र नितिहरु निकै पछी परेको छ्। राजनितीलाई प्रबिधि मैत्री बनाउनु पर्छ देशमा जनताको खाचो रहेको छ। अरु पार्टी संग प्रतिस्पर्धामा आउनु पर्छ र पार्टी ब्यक्तीहरुलाई प्रशिक्षण दिनु जरुरी रहेको बताए।स्वतन्त्र र मुक्ति समाज परिवर्तन गर्नको लागी आफू पार्टीमा लागेका हौं। हाम्रो पार्टीले सामन्तवाद आन्दोलनमा कस्तो लडाइँ र भुमिका खेल्नु भएको कुरा देशका जनतालाई थाहा भएकै कुरा हो टिप्पणी गरेका थिए। नेता बिजय गुप्ताको विशेष नेतृत्वमा नगर समेलन भएको आयोजकले जानकारी दिनु भयो।

तपाई हामीको बैचारिक स्तर माथि उठाउनु पर्छ। बिधि र नितिहरु निकै पछी परेको छ्। राजनितीलाई प्रबिधि मैत्री बनाउनु पर्छ।अरु पार्टी संग प्रतिस्पर्धामा आउनु पर्छ र पार्टी ब्यक्तीहरुलाई प्रशिक्षण दिनु जरुरी रहेको बताए।स्वतन्त्र र मुक्ति समाज परिवर्तन गर्नको लागी आफू पार्टीमा लागेका हौं। हामीले सामन्त वाद आन्दोलनमा कस्तो लडाइँ र भुमिका खेल्नु भएको छ। लहान पहाडमा शिक्षक पठाउने स्थल हो। अहिले हामीले राम्रो स्कुल दिन सकेका छैनौ राम्रो स्वास्थ संस्था खोल्न सकेको छैन।जनताको जिबन स्तर माथी उठाउनु के कस्ता काम गर्नु पर्ला र पार्टीलाई त्यो कामको जिम्मेवारी दिनु पर्छ।जनताको समस्या लाई सामाधान गर्न नेपाली जनतालाई माथी उकास्नु पर्ने हुन्छ।जनताको जिबन स्तर माथी उकास्न प्राबिधिक शिक्षाको खाचो रहेको बताए।नेपालको सामन्त बादलाई प्रास्त गर्न माओवादी पार्टीको खाचो रहेको बताए।

नेता बिजय गुप्ताको अनुसार संघीयताको मर्म अनुरुप पार्टीलाई ल्याउनु पर्छ भन्दै मधेसमा भ्रष्टाचार ठुलो मुद्दा बनेको छ। नेपाली जनतालाई बिकास निर्माणको काम चाहिएको छ। हामीले भ्रष्टाचार विरुद्ध लडनु पर्छ ।अब नेपाली समाजलाई सानुपातिक समाज निर्माण गर्न माओवादी पार्टी चाहिएको छ। हाम्रो नेपाल बिबिधता भएको देशको रूपमा चिनिन्छ। नेता गणेश चौधरीका अनुसार प्रदेश नम्बर २ का लहान नगरी एतिहासिक नगरीको रूपमा चिनिन्छ।महान गौरव शाली पार्टी देशमा संकट आएको बेला माओवादी केन्द्रका नेता प्रचण्डको भुमिका अग्रनी रहेको थियो।लहान नगरका भ्रष्ट मेयर लाई हामी सबै एक जुट भएर फाल्दिनु पर्छ भने कुरामा जोड दिनु भयो।

 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१