Siraha Times
ताजा समाचार

मनकारी चौधरीलाई लहानका मेयर बनाउनु पर्ने: जन अपेक्षा

  • मंसिर १९, २०७८
  • ७५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ मंसिर - आज भोलि मनकारी महेश चौधरीलाई सिरहामा सम्मान गर्ने लहर नै चलेको छ्। समाज सेवा गर्दा गर्दै माथि उकासिएका चौधरीलाई लहानका मेयर बनाउनु पर्ने जनसमुदायको अपेक्षा रहेको छ्। नेपालमा सिरहाबाट वरिष्ठ समाजसेबि हो भन्ने देशमा ब्यापक चर्चा चलेको छ।सिरहाका अधिकांश ब्यक्तीको ध्यानाकर्षण मनकारी चौधरीमा नै पुग्ने गरेका छन्। समाजमा गरेका सेवा र उदारिताका चर्चा दिन प्रति दिन कसिलो बन्दै गरेका छन्। केहि हप्ता अगाडि सकिएको सिरहा क्षेत्र नम्बर -१ का क्षेत्रीय सभापतिका निर्वाचनमा मनकारी महेश चौधरीले नेपाली काङ्ग्रेसबाट क्षेत्रीय सभापतिमा भाग लिएका थिए। समाजसेवा बाट एकासी चर्चामा आएका महेश चौधरीले चुनाव जितेका हुन्। नेपाली काङ्ग्रेसका १४ औं महाधिबेशन सिरहा लगायत देश भरी संचालनमा रहेका छन्।नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर - १ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। नवनिर्वाचित समाजसेवि महेश चौधरीलाई सम्मान गर्न सिरहा मा लहर नै चलेको छ्। सिरहाका विभिन्न संघ संस्थाहरुले मनकारी चौधरीलाई सम्मान गर्न लागेका छन्।

सिरहाको गोलबजार स्थित २०७६ असोज ४ गतेका दिन ठुलो लगानीमा एबि मल नाम गरेको डिपार्टमेन्ट संचालनमा आएका छन्।एबी महले सिरहा सप्तरी धनुषा उदयपुरका १०९ जना ब्यक्तीहरुलाई रोजगारी दिएका छन्। हाल गोलबजार,मिर्चैया,जनकपुर लगायतका सहरहरुमा एबी मलका सखाहरु संचालनमा रहेका प्रमुख राउतले जानकारी दिनु भयो। उक्त मलको सखाहरु नेपालको अधिकांस सहरहरु मा संचालन गर्ने प्रस्तावित रहेको छ।उक्त मलमा डिपार्टमेन्ट स्टोरका सम्पुर्ण सम्मानहरु उपलब्ध रहेको छ। एबी मलका प्रमुख कार्यकारी अधिकृत पिन्टु राउत लगायत मलको सम्पुर्ण परिवारहरुले एक कार्यक्रमको आयोजना गरी सभापति चौधरीलाई फुलको माला, अविर र मायाको चिंनो प्रदान गरी सम्मान गरेका छन्। उक्त कार्यक्रममा लहान नगरपालिका वडा नम्बर -७ का नेपाली काङ्ग्रेस वडा कमिटी सचिव अर्थात युवा नेता गौरभ साह लगायतको उपस्तिथिमा सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१