Siraha Times
ताजा समाचार

केपीको लोकतान्त्रिक राजनीति होइन ः पूर्वमन्त्री पोखरेल

  • मंसिर १९, २०७८
  • ९०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १९ मंसिर । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री गिरिराजमणी पोखरेलले हामीले बामएकता गरेर चुनावमा गयौं, जनताले हामीलाई बहुमत पनि दियो । तर, केपी ओली नेतृत्वमा सरकार गठन भयो तर घोषणापत्र अनुसार सरकारलाई अगाडी बढाउन दिइएन । उनले त्यहाँपनि एकाधिकार प्रयोग गरेर सरकार र पार्टी फूटको अवस्थामा पुगेको उहाँले बताउँनुभयो । नेकपा माओवादी केन्द्रको लहान नगरस्तरीय सम्मेलनमा आज पूर्वमन्त्री पोखरेलले ‘केपीको लोकतान्त्रिक राजनीति होइन, नवउदारवादको राजनीति हो । फाँसिवादको राजनिति हो । केपीको राजनीति सफल भयो भने मुलुकले निङ्कुशता भोग्नुपर्छ पर्छ । तानाशाहि भोग्नु पर्छ । दमनात्मक व्यवस्था भोग्नुपर्छ पर्छ ।’ बताउँनुभयो ।

नेकपा एमालेले अव बामपन्थि पार्टी नरहेको भन्दै पोखरेले एमालेको अहिलेको नेतृत्व निरङ्कुशतर्फ अघिबढिरहेको छ । एमाले नेतृत्व मुलुकलाई कमजोर बनाउने र निरङ्कुशतातर्फ लैजाने क्रममा रहेको नेता पोखरेलले बताउँनुभयो । अहिलेको गठवन्धनसँग आउने चुनावसम्म मिलेर जाने चहाना रहेको भन्दै नेता पोखरेलले गठवन्धनसँग हामी मिलेर चुनावमा पनि जान चाहन्छौ, तर, नेपाली काँग्रेसले यथास्थितिमा एमसीसी पास गराउने प्रस्तावहरु ल्याईराखेका छन्, त्यतिवेला हामी देश छान्ने कि, गठवन्धन रोज्ने भन्ने अवस्था आयो भने हामी देश छान्छौं ।’ उनले चुनावमा समिकरण गर्ने नाममा हामी कुनैपनि अपारदर्शी, देश र जनालाई आघात पुग्ने सहमति गर्न नसकिने बताउँनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सीता पोखरेल, खडगनारायण चौधरी, विजय गुप्ता, गणेश चौधरी, हेमन्त यादवलगायतले मन्तव्य राख्नु भएका थिए । सोही क्रममा नेपाली कांग्रेस, नेकपा एमालेपरित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका नव प्रवेशीहरुलाई प्रमुख अतिथिले अबिर र माला लगाई पार्टी प्रवेश गराएका थिए । यसबैबीच नेकपा माओवादी केन्द्रको प्रथम लहान नगर सम्मेलनमा आज ४०० जना नगर प्रतिनिधि र पर्यबेक्षकको सहभागी कार्यक्रम भएको छ । सो सम्मेलनले ६५ जनाको नगर कमिटी गठन गरिएको छ भने अध्यक्षको लागि तीन दावी रहेकोले सहमतीको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

हावाहुरीले घर भत्किँ ...

लहान, ६ वैशाख । शनिबार साँझ आएको तीव्र गतिको हावाहुरीका कारण सिरहामा एक महिलाको ज्यान गएको छ। प्राकृ ...

सिराहाको धनगढीमाईमा ...

विनोद अविरल,​सिराहा, बैशाख ६ । ​सिराहाको धनगढीमाई नगरपालिका-१२ स्थित डोटेल मावि अगाडि ट्याक्टर चालकम ...

लहानमा श्री ल.ल. कुश ...

ओम प्रकाश यादव लहान वैशाख ६ । सिराहा जिल्लाको लहानस्थित श्री ल.ल. कुशवाहा माध्यमिक विद्यालयले आज लिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१