सिरहा क्षेत्र नम्बर - १ बाट निर्वाचित सभापति चौधरी सम्मानित

  • मंसिर १८, २०७८
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १८ , मंसिर । नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर - १ बाट क्षेत्र सभापतिमा निर्वाचित समाजसेवि महेश चौधरीलाई सम्मान गरेको छ । एवि मलको प्रमुख कार्यकारी अधिकृत पिन्टु कुमार राउत लगायत एवि मलको सम्पुर्ण परिवारहरुले गोलवजार नगरपालिका स्थित मल मै एक कार्यक्रमको आयोजना गरी सभापति चौधरीलाई फुल माला, अविर र मायाको चिनो प्रदान गरी सम्मान गरेको हो । नेपाली काङ्ग्रेस वडा नम्बर - ७ को वडा कमिटी सचिव एवम् युवा नेता गौरभ साह लगायतको उपस्तिथिमा सम्मान गरेको छ । सभापतिमा निर्वाचित चौधरी यस अघि लहान नगर सभापतिको जिम्मेबारी सम्हालिसकेका छन् । समाजसेवामा सकृय चौधरीलाई लहान नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट प्रभावशाली उम्मेदबारको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१