Siraha Times
ताजा समाचार

कमला खोलामा गोलबजारका तीन बालक बेपत्ता, एकको मृत्यू

  • भदौ १०, २०७५
  • ११५५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ९ भदौ । जल चढाउंनको लागि कमलाको उत्तराइनी पुगेका तीन बालक आज बेपत्ता भएका छन् । सिरहाको गोलबजार ४ बस्ने बर्ष १५ को मनोज महरा, सोही ठाउंका बर्ष १४ का राहुल महरा, दूई जनाको नाम खुल्न नसकेका गरी चार जनाको समूहमा गएका मध्ये तीन कमला खोलामा बेपत्ता भएको छ । एक जना बालकलाई स्थानीयहरुले उद्धार गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । गोलबजार स्थित रहेको शिव मन्दिरमा जल चढाउंनको निम्ति कमलाको उत्तराइनी जानेको यत्तिबेला भिड् बढेको छ । कमलाको उत्तरीभेगमा खोला उत्तरतर्फ वग्ने गरेकोले त्यस ठाउंलाई उत्तराइनी भन्दै आएको छ । पहाडतीर बर्षा भएकोले कमला खोलामा दूई दिनदेखि पानीको वहाव गतिलो बनेको छ । बालकहरु कमला खोलामा जल लिन जांदा उनीहरुलाई बगाएर लगेको हो । यसैबीच सिन्धुलीको कमलानदीले बगाँउदा एक जनाको ज्यान गएको छ । कमलाखोलाले बगाएर दुधौली नगरपालिका २ बस्ने ६५ वर्षीय मलेसी दनुवारको मृत्यु भएको जानकारीमा आएको छ । गाइबस्तु चराउन कमलाखोला पारी जाने क्रममा खोला तर्दा उनको मृत्यु भएको हो । उता, रौतहटमा ढुंगा दुर्घटना हुंदा आजै ४० जना मध्ये २५ जना सम्पर्क विहीन भएका छन् । १५ जनालाई उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१