सिरहा : मिर्चैया नगपालिकाको नगर प्रमुख यादबलाई पक्राउ गर्न निर्देशन

  • मंसिर १४, २०७८
  • १४०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसिर १४, मंगलवार सिराहा । जिल्ला सरकारी वकीलको कार्यालयले मिर्चैया नगपालिकाको प्रमुख श्रवण कुमार यादबलाई पक्राउ गर्न निर्देशन दिएको छ । राजगिर यादब को जाहेरीले वादी नेपाल सरकारका प्रतिवादी शिब शकर कापरी समेत भएकाले ज्यान मार्ने उद्योग मुद्धामा उनिहरुलाई थप अनुसन्धान गर्न मुद्धा चलाउनु पर्ने निर्णय गरिएको हो । प्रतिवादी कपारी यस अघि २१ दिन प्रहरी थुनामा परेर राजनीतिक दबाबमा छुटेका थिए । कोरोना सक्रमणको समयमा राहत बितरण गर्ने क्रममा आक्रमण गराएर बिजय कुमार यादबको हात भाची शक्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकोले नगर प्रमुख यादब लाई पक्राउ गर्न निर्देशन दिएको हो । सोही मुद्धामा जिल्ला अदालत सिराहाले नगर प्रमुख यादवलाई सार्वजानी अपराध मुद्धामा २००० रुपैयाँ जरिवाना गरिसकेको छ ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१