जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखीकरण अभियान कार्यक्रम सम्पन्न

  • मंसिर १२, २०७८
  • ५४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वड़ा नम्बर ११ मा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखीकरण अभियान कार्यक्रम सम्पन्न भएको छ । उक्त भेलाबाट वडा स्तरीय वार्ड समिति मा रेखा श्रीवास्तव को अध्यक्षता मा ६८ जना को समिति , समाजवादी महिला संघ गिल रैदास अध्यक्ष रहने गरि १२ सदस्य र समाजवादी युवा संघ ,वार्ड समिति मा राजकुमार चौहान को नेतृत्व मा १७ सदस्या सर्वसम्मत कमिटी गठन भएको छl

कार्यक्रम जीवन लाल श्रीवास्तवको अध्यक्षतामा प्रमुख अतिथि जसपा नेपालको लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान विशिष्ट अतिथिमा जसपा नेपाल प्रदेश सदस्य रामसेवक यादव, जसपा नेपाल कपिलवस्तु जिल्ला कोषाध्यक्ष आरती सिंह यादव, अतिथिमा नगर सचिव जगमोहन बरई,राहुल पांडेय ,रोहित यादव ,गंगा यादव ,नसीम खान ,रफीक मिर्ज़ा , संचालन बजरंगी गुप्ता, निखिल पाठक लगायत रहनुभयोl कार्यक्रममा बोल्दै प्रमुख अतिथि अकरम पठानले पार्टी लाई सबै मिलेर मजबूत बनाएर लैजानु पर्ने देखिन्छl कार्यक्रममा निखिल पाठक, सीताराम रैदास, रेखा श्रीवास्तव, रोहित यादव, रफिक वेग लगायत ले आफ्नो मन्तव्य राखनुभयो l कार्यक्रममा सयौँ को संख्यामा पार्टी समर्थक हरूको सहभागिता रहेको थियो ।कार्यक्रमको सम्पूर्ण जानकारी प्रदेश प्रवक्ता अकरम पठानले दिनुभयो l

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१