स्वस्थ्य समाज निर्माण गर्न खेलकुद महत्त्वपूर्ण : अध्यक्ष यादव

  • मंसिर ११, २०७८
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ११, मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजनामा शुक्रवार देखि प्रथम फुटवल गोल्डकप खेलकुद प्रतियोगिता - २०७८सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर - ३ स्थित श्री माध्यमिक विधालय महदेवा पोर्ताहाको फिल्ड मैदानमा प्रतियोगिता संचालन भएको हो । सिरहा निर्वाचन क्षेत्र - नम्बर १ को 'क' बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यदवको प्रमुख आतिथ्य र पार्टीको गाउँपालिका संयोजक अमिर कुमार यादवको अध्यक्षता र गाउँपालिका अध्यक्ष केदारनाथ यादवको बिशिस्ट आतिथ्यमा प्रतियोगिताको औपचारिक रुपमा उदघाटन गरिएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रदेश सांसद यादवले भने "राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा युवा वर्गको भुमिका महत्वपूर्ण छ । " शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्ति विकास गरि यो जनसाङ्ख्यिक प्रवृत्तिलाई पुँजीकृत गर्दै राष्ट्र निर्माणमा लगाउन सकिएमा युवाहरुले देशको सामाजिक एवम् आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेता यादवको ठम्याइ रहेको थियो ।

उता विशिस्ट अतिथिको रुपमा रहेका गाउँपालिका अध्यक्ष केदारनाथ यादवले युवा विद्यार्थीहरुको मनोबल उच्च गर्न फुटबल गोल्डकप आयोजना गरेको भन्दै - 'कार्यक्रमको समापनमा संघीय सरकारको मन्त्री वा प्रदेश सरकारको मन्त्रीको बोलाएर ब्यवस्थित तरिकाले खेलको समापन गर्ने उद्घोष गरे ।, स्वस्थ्य समाज निर्माणका लागि युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्ने उदेश्यले खेल संचालन गरिएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताएका छन् । खेललाई व्यावसायिक बनाउन गाउँपालिकाले प्रतियोगीता संचालन गरेको भन्दै अध्यक्ष यादवले भने ' मैले खेलकुदमा लगानी गर्न पछि पर्दिन , युवाहरुको राष्ट्र तथा अन्तरास्ट्रिय स्तरमा क्षमता विकास गर्न खेलकुदको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् । सिरहा , सप्तरी , उदयपुर , धनुषा गरि ४ जिल्लको ८ वटा टिमको सहभागीता रहेको प्रतियोगिता मंसिर १७ गते सम्म चल्ने भएको स्थानीय शिक्षक शत्रुधन यादवले जनाए ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ५१ हजार , दृत्य पुरस्कार ३१ हजार , शिल्ड , प्रमाणपत्र , मेडल रहेको छ , भने 'खेलको रेफ्रीको भुमिकामा मोहन चौधरी , साहयक रेफ्री ( लाईन्सम्यान ) मा सुमन थापा मगर र दिनेश चौधरी रहेको छ ।, प्रत्येक दिनको खेलको युवट्युवबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ । जसका लागी खेलप्रेमी दर्शक महानुभावले football gold cup 2078 सर्च गर्नुपर्ने आयोजकले जनाएको छ । शुक्रबार पहिलो दिनको खेल फियुजन फुटवल कल्व गाईघा ट( उदयपुर ) र अमही फुटवल कल्व लहान (सिरहा) बिचमा खेल भएको थियो । खेलको ९० मिनेटको निर्धारित समय अबधि भित्र कुनै टिमले गोल गर्न नसकेपछि प्लान्टी सुटमा ४-५ गोलको अन्तरले गाईघाट टिम बिजय प्राप्त गरेको थियो ।

खेलको प्रथम पुरस्कार नगद रु ५१ हजार, दोस्रो पुरस्कार ३१ हजार प्रमाणपत्र सिल्ड मेडल रहेको छ । कार्यक्रमको उदघाटन समाहरोहमा गाउँपालिका उपाध्यक्ष अमलादेवी यादव , नेकपा एकीकृत समाजवादी पार्टीका वडा नम्बर - १ देखि ५ सम्मका वडा संयोजकहरु , जिल्ला कार्यसमितिका पादाधिकारी , वडा अध्यक्ष , लगयतको उपस्थित रहेको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१