ताजा समाचार

युवा नेता बर्तौलाले एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

  • मंसिर १०, २०७८
  • ७७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज १० मंसिर। नेकपा एमाले युवा नेता महेश बर्तौलाले एमालेको केन्र्दीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । अनेरास्ववियुका पुर्व उपाध्यक्ष समेत रहेका लोप्रिय नेता बर्तौलाले आसन्न दशैं महाधिवेशनमा उम्मेदवारी दिन घोषणा गरेका हुन् । विं.सं. २०४० पौष २९ गते मकवानप्रको नाम्टारमा जन्मीएका बर्तौलाले २०५३ सालमा श्री कालिका माविमा कक्षा ७ मा अध्ययनरत रहँदा प्रारम्भिक कमिटी को अध्यक्षको जिम्मेवारी सहित अनेरास्ववियुमा संगठित भएका हुन् । यसैगरी अनेरास्ववियु मकवानपुर को जिल्ला सदस्य , सचिव हुँदै दुइपतक जिल्ल अध्यक्ष भएको उनी काठमाडौं उपत्यका बाहिर को सामुदायिक कलेज हरुमा ठुलो कलेज मकवानपुर बहुमुखी क्याम्पस को स्वतन्त्र विधार्थी यनियन मा २०६२ , २०६५ मा सभापतिमा निर्वाचित भए ।

यस्तै २०६६ मा स्वतन्त्र विधार्थी युनियन काउन्सिल नेपाल केन्द्रिय संयोजक मा निर्वाचित भई अनेरास्ववियु नारायणी अञ्चल कमिटीको उपाध्यक्षमा रही अनेरास्ववियु मध्यमाञ्चल बिकास क्षेत्रीय प्रमुख हँुदै दुई पटक केन्द्रिय सचिवालय सदस्य , सचीव हँुदै हाल उपाध्यक्षबाट उनले विदा लिए । उनी मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि हुन् । अनेरास्ववियु बाट बिदा भएपछि नेकपा एमाले बाग्मति प्रदेश कमिटी सदस्य को जिम्मेवारीमा कार्यरत रहेका छन् । नेकपा एमाले पार्टीमा पनि उनीसँग २०६३ सालमा नेकपा एमाले मकवानप्र को जिल्ला कमिटी सदस्यमा निर्वाचित, २०६५ मा सबैभन्दा कान्छो प्रतिनिधिको रुपमा मकवानपुरबाट निर्वाचित भई २०७७ सालमा नेकपा को केन्द्रिय सदस्य को जिम्मेवारीको रुपमा काम गरेको अनुभव छ । कानुन विषयमा स्नातक तह उतिर्ण गरेका उनी अधिवक्ता समेत हुन् । यस्तै त्रिभुवन विश्वविधालयमा राजनीति शास्त्र मा मास्टर्स डिग्री (स्नातकोत्तर ) उतिर्ण भई उनी हाल त्रिभुवन विश्वविधालयमा राजनीति शास्त्रमा एमफिल पिएचडी अध्ययन गर्दै छन् ।

एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टीलाई सही दिशामा हाँक्न सक्ने उनीसँग खुबी रहेको छ । उनि आय युवाहरुको आशा र भरोसाका केन्द्र रहेका छन् । एमालेको आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको मङ्रसिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ । म्हाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने पाँच प्रतिशतसम्म मनोनित सदस्य हुनेछन् । महाधिवेशनमा एमालेले पाँच लाख जनता सहभागी गराउने बताउँदै आएको छ । म्हाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित १५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोगमा १५र१५ जना निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤