ताजा समाचार

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदै

  • मंसिर १०, २०७८
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, मंसिर १० - नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। आज दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम हुन गैरहेको छ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आएको जनाईएको छ । पाँच लाख कार्यकर्ता उद्घाटन सत्रको तयारीको लागि भरतपुरका ठाउँ-ठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ। 

महाधिवेशन उद्घाटन अघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्‍याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भको व्यवस्था गरेको छ । बन्दसत्र स्थल सौराह पनि झकिझकाउ पारिएको छ। उद्घाटन स्थलमा करिब पाँच सय जना अट्ने मञ्च तयार गरिएको छ। सबैजनाले उद्घाटन स्थलमा पुगेर कार्यक्रम हेर्न नसक्ने भएकाले गैंडाकोट र नारायणगढ बजारका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखेर उद्घाटन सत्रका कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको छ। उद्घाटन स्थलमा पाँच हजार स्वयंसेवक परिचालन गरिने जनाईएको छ। बन्द सत्र शनिबार बिहान ८ः३० बजे सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤