लहान गोविन्दपुर लेखनाथ माविमा साईकल वितरण कार्यक्रम सम्पन्न

  • मंसिर ९, २०७८
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।मंसिर-९ गते। सिरहाको लहान नगरपालिका वडा नम्बर -२४ गोविन्दपुरमा आज साइकल वितरण गरिएको जानकारी प्राप्त भएको छ। " बेटी बचाउ बेटी पढाउ " कार्यक्रम अन्तर्गत सो साइकल वितरण कार्यक्रम गरिएको छ। लहान २४ स्थित पर्ने लेखनाथ माध्यमिक विद्यालय द्वारा आयोजित सो साइकल वितरण कार्यक्रममा गोविन्दपुर महलनमाका २५ जना छात्राहरुलाई साईकल प्रदान गरिएको छ। ८ कक्षा उतीर्ण गरिका हाल कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ। कार्यक्रममा समाजवादी विद्यार्थी युनियन प्रदेश न.२ का उपाध्यक्ष चन्द्रशेखर यादव , जनता समाजवादी पार्टीका युवा होनहार नेता रामचलितर महतो लेखनाथ माध्यमिक विद्यालयका शिक्षक , छात्र , छात्रा उपस्थिति रहेको थियोे । यो सँगै विद्यार्थी नेता चन्द्रशेखर यादवका अनुसार बेटी सक्षम भए परिवार र देश सबल हुन्छ। बेटी शिक्षित भए गाउँ ,समाज र राष्ट्र शिक्षितको अर्थलाई परिभाषित गर्नेछ। अहिले देश परिवर्तनको खाचो छ , युवा जागरुक हुनुपर्ने आवश्यक रहेको धारण युवा नेता चन्द्रशेखर यादवले राखिएको नेता स्वयमले बताएका छन।

Open photo

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१