Siraha Times
ताजा समाचार

माओवादी केन्द्रको देश भरी वडा अधिबेशन सम्पन्न

  • मंसिर ५, २०७८
  • १३३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ५ मंसिर- माओवादी केन्द्र अर्थात नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको देश भरी एकै साथ वडा अधिबेशन सम्पन्न भएको छ।सिरहाको लहान नगरपालीका वडा नम्बर ४ स्थित माओवादी केन्द्रको वडा अधिबेशन गराउन नेता तथा कार्यकर्ताहरुको भिड लागेको थियो। पार्टी प्रवेश तथा वडा अधिबेशन कार्यक्रम दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य राज कुमार पासमानको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जिल्ला सदस्य देब नारायण महतो रहनु भएको थियो।

कार्यक्रममा संबिधान सभा सदस्य तथा पुर्व मन्त्री सुनिता महतो की समेत उपस्थिति रहेको थियो। प्रमुख अतिथि महतोका अनुसार माओवादी पार्टी बिकासको अग्रिम भुमिका रहन्छ,माओवादी केन्द्रका नेता तथा पार्टीका केन्द्रिय अध्यक्ष पुंस्प कमल दाहाल प्रचण्ड र पुर्व मन्त्री कुलमान घिसिङ जस्तो इमानदार नेता भयो,बिगतमा हुदै गरेको १८ घन्टा लाेड सेटीङ्ग हाल नेपालमा मुक्त भएको अवस्था रहेको प्रकाश पारेका थिए। माओवादी नेता क्रान्तिकारी बिचार बोकेका छन् भने बिकास पनि क्रान्तिकारी डङ्गले सोच्ने गरेका छन्। अतिथिहरुमा युवा प्रभाव शाली नेता तथा पार्टीका जिल्ला सदस्य बिजय कुमार गुप्ता,लहान नगरपालीका संयोजक खडक नारायण चौधरी,वडा अध्यक्ष गणेश चौधरी,जन प्रतिनिधि हेमन्त यादव शिक्षक संघको संयोजक नेपाली साह माओवादी केन्द्र युवा नेता मनोज सहनी, विद्यार्थीका जिल्ला अध्यक्ष राम उदगार यादव लगायतका अतिथिहरुको सहभागीता रहेका थिए।

माओवादी केन्द्रका युवा प्रभाव शालीन नेता बिजय गुप्ताका अनुसार लहान नगरपालिका वडा नम्बर ४ मा कहिँ बिकास नदेखिएको र जनप्रतिनिधिहरु नै कमिसन र बिकाउ भएको ठहर गर्दै,उक्त वडामा शिक्षा स्वास्थ खानेपानी र बाटो घाटाेको समस्या समेत पहिलाकै जस्तै जौंको तौंउ नै रहेको टिप्पणी गर्दै आउने चुनावमा बिसासिल पार्टीका नेता र इमानदार बिकास प्रेमी नेतृत्वलाई मतदान गरेर निर्वाचित गराउन जन समुदायसंग आग्रह गरेका थिए।उक्त वडाका जनप्रतिनिधिहरु बिकास बाधक रहेको बताए। माओवादी केन्द्र लहान नगर इन्चार्ज खडक नारायण चौधरीका अनुसार माओवादी पार्टी श्रमिक बर्गको पार्टी हो। एमाले पार्टी जस्तो दुरुत्साहित पार्टीलाई अबआउने चुनावमा एमाले पार्टी लाई मतदान हैन माओवादी केन्द्रलाई मतदान गर्न जनसमुदायमा अपिल गरेका थिए।

वडा अधिबेशन बाट नयाँ कमिटीको अध्यक्षमा मोखतार अन्सारी,उपाध्यक्षमा गंगा राम महतो,सचिब किसुन देब मुखिया,सह सचिबमा मोहम्मद जाबिद अन्सारी,कोषाअध्यक्षमा रिबीन देबी पासमान,सदस्यमा सुभ्क पासमान, राम नारायण साह लगायत १५ सदस्य चयन गरेका छन्। वडा अध्यक्ष हेमन्त यादवका अनुसार अगामी दिनमा सहि मत्दान गरेन भने जनताले नै दु:ख पाएको बताए। शिक्षा स्वास्थ र पुर्वाधार ल्याउने पार्टी माओवादी केन्द्र रहेको बताए। दलित मुक्ति मोर्चाको केन्द्र सदस्य राज कुमार पासवानका अनुसार राष्ट्रिय स्वधिनताको कुरा गर्दै र समृद्ध नेपाल र सुखी नेपालीको कुरा बिस्तृत रूपमा बर्णन गरेका कार्यक्रमको समापन गरेका थिए। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं ब्यक्ती माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका गरेका आयोजकले जानकारी दिनु भयो।

Open photo

 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१