ताजा समाचार

नेपाली जनप्रगतिशिल मञ्च कतारको अधिवेशनबाट बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  • मंसिर ४, २०७८
  • ९०६ पटक पढिएको
  • आशिक हुसैन शेख
alt

दोहा कतार-

नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतारको पाँचौ अधिबेसन सम्पन्न भएको छ ।

 

कतारको दोहा स्थित शालीमार रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमित चयन गरिएको छ । अधिबेशनले ५१ कार्यसमितिको नयाँ नेतृत्व पाएको छ ।

 

अधिबेशन बाट निर्वाचितहरुमा अध्यक्ष कमरेड बुद्धि प्रसाद भण्डारी , उपाध्यक्षहरू राजेन्द्र देवकोटा, उत्तम गुरुङ, सद्दाम हुसैन, कृष्ण पारियार, दुर्गा नन्द पासवान, महासचिव मोहमद कार्कि, सचिबहरु । शेख़ शाहनवाज़ परवेज़, दिपक भट्टाराई, उत्तर ब रोक्का, कोषाध्यक्ष अमित गौतम , सहकोषाध्यक्ष सुनील चौधरी, युवा सम्योजक नेत्र आचार्य , महिला सम्योजक अम्बिका गौतम शर्मालगायत रहेका छन् ।

 

नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि रहेको कार्यक्रममा बिशेष अतिथि प्रवास समन्वय समितीका अध्यक्ष ओम शर्मा , नेपाली जनप्रगतिशील मञ्चका मध्यपुर्व संयोजक शनी कुमार ओलि, मध्य पुर्ब सचिव हरि नेपालीको उपस्थितिमा रहेको थियो ।

 

सचीव मोहन कार्कीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रकमध्वज राईले गरेका थिए भने स्वागत मन्तव्य बुद्धि बहादुर भण्डारीले राखेका थिए । 

 

अधिबेशन कार्यक्रममा विभिन्न संघ सस्थाकाका प्रतिनिधि, कतारमा रहेका सामाजिक सस्थाका प्रतिनिधि, एनआरएन ए कतारका प्रतिनिधि, क्षेत्रीय समितिका प्रतिनिधि तथा पर्यवेक्ष हरुको उत्साहपुर्ण सहभागीतामा पाचौं अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको थियो ।

 

नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतार सन २००७ अगष्ट २ मा बिधिवत स्थापना भइ कतारमा समय सापेक्षताका आधारमा सबैसँग मित्रवत ब्यबहार राख्दै नेपाली नियोगसँग समन्वय गर्दै सामाजिक क्रियाकलापमा निरन्तर सहयोगि संगठनको भुमिकामा समाजिक रूपमा स्थापित रहेको संस्था हो । 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤