नेपाली जनप्रगतिशिल मञ्च कतारको अधिवेशनबाट बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  • मंसिर ४, २०७८
  • ७७६ पटक पढिएको
  • आशिक हुसैन शेख
alt

दोहा कतार-

नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतारको पाँचौ अधिबेसन सम्पन्न भएको छ ।

 

कतारको दोहा स्थित शालीमार रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमित चयन गरिएको छ । अधिबेशनले ५१ कार्यसमितिको नयाँ नेतृत्व पाएको छ ।

 

अधिबेशन बाट निर्वाचितहरुमा अध्यक्ष कमरेड बुद्धि प्रसाद भण्डारी , उपाध्यक्षहरू राजेन्द्र देवकोटा, उत्तम गुरुङ, सद्दाम हुसैन, कृष्ण पारियार, दुर्गा नन्द पासवान, महासचिव मोहमद कार्कि, सचिबहरु । शेख़ शाहनवाज़ परवेज़, दिपक भट्टाराई, उत्तर ब रोक्का, कोषाध्यक्ष अमित गौतम , सहकोषाध्यक्ष सुनील चौधरी, युवा सम्योजक नेत्र आचार्य , महिला सम्योजक अम्बिका गौतम शर्मालगायत रहेका छन् ।

 

नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि रहेको कार्यक्रममा बिशेष अतिथि प्रवास समन्वय समितीका अध्यक्ष ओम शर्मा , नेपाली जनप्रगतिशील मञ्चका मध्यपुर्व संयोजक शनी कुमार ओलि, मध्य पुर्ब सचिव हरि नेपालीको उपस्थितिमा रहेको थियो ।

 

सचीव मोहन कार्कीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रकमध्वज राईले गरेका थिए भने स्वागत मन्तव्य बुद्धि बहादुर भण्डारीले राखेका थिए । 

 

अधिबेशन कार्यक्रममा विभिन्न संघ सस्थाकाका प्रतिनिधि, कतारमा रहेका सामाजिक सस्थाका प्रतिनिधि, एनआरएन ए कतारका प्रतिनिधि, क्षेत्रीय समितिका प्रतिनिधि तथा पर्यवेक्ष हरुको उत्साहपुर्ण सहभागीतामा पाचौं अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको थियो ।

 

नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतार सन २००७ अगष्ट २ मा बिधिवत स्थापना भइ कतारमा समय सापेक्षताका आधारमा सबैसँग मित्रवत ब्यबहार राख्दै नेपाली नियोगसँग समन्वय गर्दै सामाजिक क्रियाकलापमा निरन्तर सहयोगि संगठनको भुमिकामा समाजिक रूपमा स्थापित रहेको संस्था हो । 

प्रतिक्रिया दिनुहोस

एनआरएनए कतारको कार्य ...

शियाराम यादव-२अगस्त २०२५ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशन ...

वेतहामा प्रथम कोदो द ...

रहमुल लहान १७ साउन । सिरहाको लहान नगरपालिकामा सञ्चालित संरक्षण परियोजना मार्फत वाडा न.१५ वेतहाम ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज १६ श्रावण। नेशनल मेडिकल कलेज प्रा.लि.वीरगंज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१