Siraha Times
ताजा समाचार

सिराहाको कमलामा भुत मेला

  • मंसिर २, २०७८
  • १३२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।मंसिर-३ गते। सिरहा तथा धनुषाको सिमानामा पर्ने कमला नदिमा पवित्र स्नान गर्न प्रत्येक बर्ष झै यस वर्ष पनि कार्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने भुत मेलामा सिकारु धामी झाँक्रीहरुको ठुलो घुइचो लागेका छन् । बिहीबार पुर्वपश्चिम राजमार्गमा गुहारसँग सम्बन्धित तन्त्रमन्त्र सहित कमला स्नानका लागि पैदल तथा गाडीमा सवार रहेको देखिएका थिए। शुक्रबार विहानै सूर्योदयसंग उनिहरुले कमला नदिमा सिद्ध स्नान गरेका गर्ने छ। सिकारु धामी झाँक्रि तथा बोक्सा बोक्सीहरुले कार्तिक पूर्णिमाका दिन पवित्र नदिहरुमा स्नान गर्दा सिकेको जादु तथा टुना स्थायी हुने मान्यता रहेको उनिहरु बताउँछन् । पहेलो साडीमा सजिएका महिला तथा रातो पहेलो धोती कुर्तामा सजिएका पुरुषको टोली हातमा बेत नचाउदै तथा सुमधुर महराइ गाउदै विभिन्न देवि देउताको स्वाग गर्दै सिरहा तथा सप्तरीको विभिन्न गाउँ गाउँहरुबाट विहानैदेखि मेलाका लागि प्रस्थान गरेको थिए ।

Open photo

कार्तिक स्नान नगरेसम्म धामीघााक्रिहरु पाको मानिदैन मेला भर्न आएका जनकपुरधाम नगरपालिका १ निवासी रामु सदायका अनुसार— जादुटुना सिकेर पनि जगतलाई भलाई गर्न सकिएन भने सिकेर के फाइदा उनले बताए । कमला नदिमा वर्षेनी भुत मेला लाग्ने गरेको देखिन्छ , जहाँ सिरहा, सप्तरी, धनुषा, महोतरीका हजारौ सिकारु धमि धाँक्रिहरु सहभागि हुन्छन् । धामी झाक्रीहरुले भुत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात कार्तिक शुक्ल पुर्णिमाको दिन स्नान गर्ने सदियौंको परम्परा भएको सर्वसधारणहरु बताउछन् । यो सँगै सिकारु धामीझाँक्रीहरु बेतका लाठी घुमाउँदै चिच्याउँदै कमला स्नान गर्न आउने गरेको देखिन्छ । शरिरमा पवित्रबास बस्न आएका देवताको स्थायीबासका लागि कार्तिक पुर्णिामा स्नान गर्ने जनविश्वास छ। स्नान गरेपश्चात मेलामा दहि च्यूरा खाने प्रचलन रहेको सहभागिहरुले समेत बताएका छन।कार्तिक पुर्णिामाको अवसरमा प्रत्येक वर्ष मेला ; झण्डा मेला लाग्ने गरेको कमला सरसफाइ अभियानी विक्रम यादवले बताएका छन।

Open photo

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१