कपिलवस्तु कृष्णनगरमा हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन, मुख्यमंत्री लालबाबु राउतको राजीनामा माग

  • मंसिर २, २०७८
  • ९६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / बिजयनगर /गेडवाजोत कपिलवस्तु कृष्णनगरमा हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन, मुख्यमंत्री लालबाबु राउतको राजीनामा माग। जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत प्रदर्शन गरिएको छ । विभिन्न हिन्दुवदी संगठनहरुले कृष्णनगरमा बृहत रैली सहित विरोध प्रदर्शन गरेका छन् ।छठ पर्वको दिन धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । छठ पर्वको दिन विभिन्न धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिलवस्तु, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध रैली निकालेका हुन् । रैलीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेश २ सरकारविरुद्ध नारावाजी गरेका थिए । कृष्णनगर भंसार हुदै कृष्णनगर बाजार परिक्रमा गरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकारी दिए । विरोध सभामा हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष ओमकार पाण्डे, महाकाल सामाजिक संस्थाका धर्मराज विश्वकर्मा, हिन्दु युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास कुमार चतुर्वेदी सहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१