Siraha Times
ताजा समाचार

पर्वत जिल्लाको उपसभापति पदका लागि गोविन्द प्रसाद पाध्याले उमेद्वारी दिने घोषणा गरेका छन्

  • मंसिर २, २०७८
  • १४९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अमृत भट्टराई, पर्वत | नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा स्थानिय तहदेखि केन्द्रसम्म नै यसको सरगर्मी बढेको छ । यति बेला पर्वत जिल्लामा पनि अधीवेशन को माहोल निकै तातेको छ । नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमिति सदस्य समेत रहेका नेता गोविन्द प्रसाद पाध्याले पर्वत जिल्लाको उपसभापति पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् | को हुन पाध्या ?

२०३४ सालमा नेपाल तारा उच्च मा वि बाट नेपाल बिद्यार्थी संघबाट राजनीतिमा सुरु गरि पार्टिलाई अग्रसरतामा लानको लागि पहल गरेको

२०३६ सालमा जनमतसंग्रहमा बहुदललाई जिताउन निरन्तर खटेर लागिपरेको

२०४२ मा सत्याग्रमा आन्दोलन गरी सत्याग्र हुँदै पार्टिलाई चलायमान गराउन खटेर लागिपरेको

२०४६ सालमा बहुदल ल्याउने आन्दोलनमा निरन्तर खटेर लागिपरेको

२०४८सालमा संसदीय निर्वाचनमा पार्टीको उमेदवारलाई जिताउन पहल गरी २९ वटै गाविस चुनाब प्रचार प्रसार गरेको

२०४९ सालमा स्थानीय चुनावमा पार्टिलाई जिताउन अग्रिम भुमिका खेलेको साथै पटक पटकको स्थानीय चुनावमा प्रचार प्रसार समितिमा बसि खटेर लागिपरेको

२०६१ सालमा क्षेत्रीय सचिबमा निर्वाचित भई पार्टी संगठन गरेको

२०६२-२०६३ को जनआन्दोलन भार २ मा बिहादी ११ नम्बर ईलाकाको पार्टीबाट संयोजक भई आन्दोलनलाई नेतृत्व गर्दै गर्दा काठमाडौमा पुलिस हिरासतमा परेको

२०६३ सालमा क्षेत्रीय काः सभापति भई पार्टीको काम गरेको

२०६४ साल असोज ९ गते पार्टी समायोजन भएर पुनः क्षेत्रीय सचिवमा बसेर २०६७ को १२ औमाहाधिवेशनसम्म निरन्तर खटेर पार्टीलाई अग्रपंक्तिमा लाने काम गरेको तेसैगरी १३ औमाहाधिवेशनमा जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भई ईमानदार तरीकाले पार्टीको काम गर्दै हाल १४ औमाहाधिवेशनका मुखमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको उप-सभापतिमा उमेदवार घोषणा गरेको बताए |

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१