Siraha Times
ताजा समाचार

सिरहाको भोक्राहामा कार्तिक पुर्णिामा मेलाको भब्य तयारी: मेला समितिको वरिष्ठ सालाहकार साह

  • मंसिर २, २०७८
  • १२७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ मंसिर - प्रत्येक वर्ष जस्तै यस वर्षको कार्तिक पूर्णिमामाको कमला नदीको दृश्य रोमाञ्चक बन्न लागेका छन्। सिरहाको कल्याणपुर नगरपालीका ४,५,६ चिक्ना भोक्रहामा पुर्णिामा मेलाको भब्य रूपमा तयारी भएको मेला कमिटीको वरिष्ठ सालाहकार कुसेश्वर साह पजियारले जानकारी दिनु भयो। अर्को बर्ष भन्दा यो बर्ष निकै भब्य रूपमा मेला लाग्ने भएको छ्। प्रापुर्व काल देखि उक्त ठाँउमा मेला लाग्ने गरेको समाज सेबी कुशेश्वर साह पजियारले जानकारी दिनु भयो। बुधबार करिब ३ हजार महिला दिदी बहिनीहरुले कल्स यात्राको कार्यक्रममा सहभागी रहेको थियो। कमला नदिको किनारमा भब्य रूपमा झणडा मेला लाग्ने भएको छ्। उक्त ठाँउमा पहिलो पल्ट तान्त्रिक बाबाले उक्त स्थानमा भब्य मेलाको आयोजना गरेको हो।

प्रत्येक बर्ष कार्तिक पुर्णिामाको दिन कमला नदिनमा स्नान गर्न लाखौं ब्यक्तीहरुको भिड लाग्ने गरेको छ। पुर्णिामाको दिन पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्दछन् । ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’ भन्नेजस्ता आ–आफनो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल,झ्याली,ढोलपिपहीजस्ता बाजाको तालमा भक्तहरु कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन्। सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज शनिबार बिहान घुँइचो लागेको हो ।

सूर्योदयसँगै शुक्रबार बिहानै हजारौँ नव धामीझाँक्रीहरुले कमला नदीमा डुबुल्की लगाई गुरुहरुसँग शपथ लिएका छन् । रातीबाटै कमला नदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो।आफनो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिन्छ । कमला नदीमा आएर सपथ लिएपछि धामीझाँक्र्रीहरु पाको हुने विश्वास गरिन्छ।भारत लगायत सिरहा,,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही लगायत दर्जनौ गाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीँड लाग्ने गर्दछ ।

Open photo

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१