ताजा समाचार

मन्त्री भुसाल निजी क्षेत्रलाई पनि विद्युत् व्यापारकाे अनुमति दिन सरकार तयार

  • कार्तिक ३०, २०७८
  • १००९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लालु चौधरी विजयनगर कपिलवस्तु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताउनुभएकाे छ । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै मन्त्री भुसालले अहिलेसम्म नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउने गरी माग आइरहेकाले त्यसतर्फ सरकार सकारात्मक भएकाे बताउनुभएकाे हाे । यस्तै उहाँले निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति समेत आग्रह गर्नुभयो । ‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ । यस सम्बन्धमा मैले अस्तिमात्र इपानका प्रतिनिधिहरुसँगको भेटमा भनेको थिएँ', उहाँले भन्नुभयो, 'विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरु नभएको भए पनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत यसरी बिक्री गर्न सक्छौँ भन्ने आधारसहित संस्थागत अथवा व्यक्तिगत आउनुहुन्छ भने पनि हामी अनुमति दिन तयार छौँ ।’ यस्तै मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताउनुभयो । विद्युत् खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उहाँको भनाइ छ

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤