सखुवानन्कारकट्टीमा नेकपा एकीकृत समाजवादी पार्टीको सम्पुर्ण वडाको कमिटी गठन

  • कार्तिक ३०, २०७८
  • ९८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३०,कार्तिक - सिरहा जिल्लाको सखुवनन्कारकट्टी गाउँपालिकाको सम्पुर्ण वडामा नेकपा एकीकृत समाजवादी पार्टीको वडा कमिटी गठन भएको छ । स्थानीयको व्यापक सहभागीतामा पालिकाको प्रत्येक वडामा २५ सदस्य वडा कमिटी गठन भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताएका छन् । वडा नम्बर - १ मा रामविलास यादव ,२ मा धनेश्वर यादव , ३ मा बेचन यादव ,४ मा बिनदेव यादव र ५ नम्बर वडामा मोहित नारायण चौधरीको अध्यक्षतामा २५ सदस्य नयाँ वडा कमिटी गठन भएको हो । सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर - १ प्रदेश सभा `ख´ बाट प्रत्यक्ष निर्वाचित माननीय प्रदेश- सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा गाउँपालिकामा समावेशी तवरले वडा कमिटी बिस्तार भएको जनाईएको छ । स्थानीयको उत्साहजनक र व्यापक सहभागीतामा नेकपा एकीकृत समाजवादीको गठनले दोस्रो स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा एकीकृत समाजवादीको जित हुने प्रवल सम्भावना देखिएको बिश्लेशकहरु बताउँछन्।

Open photo

गाउँपालिकामा पार्टीले कुनै पनि कार्यक्रमको आयोजना गर्दा ठूलो शक्तिको रुपमा पार्टिको कार्यकर्ताहरुको उपस्थिति रहने गरेको कारण पुनः बिजय हुने सम्भावना देखिएको माननीय अशोक कुमार यादवले बताए।सिरहा जिल्लाको १७ स्थानीय तहको ९ वटा गाउँपालिका मध्ये सखुवानन्कारकट्टी गाउँपालिकामा बिकास निर्माणले गति पाएको छ। भौतिक पुर्वाधार लगायत लक्षितवर्गको उत्थानका लागि पालिकाले महत्त्वपूर्ण र सराहनीय काम गरेको कारण पार्टीको कुनै पनि कार्यक्रममा जनताको उत्साहजनक सहाभागिता रहेको दावी गरिएको छ।वडा कमिटीको पदाधिकारीको सपथ ग्रहण पश्चात् केही दिन भित्रै पार्टीको गाउँपालिका स्तरीय संगठन निर्माण हुने विद्यार्थी नेता सुमेश कुमार यादवले बताए । नेपाली काङ्ग्रेस , जसपा लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेको संख्या गाउँपालिकामा दिनानुदिन बढिरहेको समेत नेता यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१