उत्साहजनक सहभागीतामा सखुवानन्कारकट्टीको सम्पुर्ण वडामा नेकपा एकीकृत समाजवादी पर्टीको वडा कमिटी गठन

  • कार्तिक २९, २०७८
  • १३२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २९ , कार्तिक । सिरहा जिल्लाको सखुवनन्कारकट्टी गाउँपालिकाको सम्पुर्ण वडामा नेकपा एकीकृत समाजवादी पार्टीको वडा कमिटी गठन भएको छ । स्थानीयको व्यापक सहभागीतामा पालिकाको प्रत्येक वडामा २५ सदस्य वडा कमिटी गठन भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताएका छन् । वडा नम्बर - १ मा रामविलास यादव , २ मा धनेश्वर यादव , ३ मा बेचन यादव , ४ मा बिनदेव यादव र ५ नम्बर वडामा मोहित नारायण चौधरीको अध्यक्षतामा २५ सदस्य नयाँ वडा कमिटी गठन भएको हो । सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर - १ प्रदेश सभा सदस्य `ख´ बाट प्रत्यक्ष निर्वाचित माननीय प्रदेश- सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा गाउँपालिकामा समावेशी तवरले वडा कमिटी बिस्तार भएको जनाईएको छ । स्थानीयको उत्साहजनक र व्यापक सहभागीतामा नेकपा एकीकृत समाजवादीको गठनले दोस्रो स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा उक्त पार्टीको जित हुने प्रवल सम्भावना देखिएको बिश्लेशकहरु बताउँछन् । गाउँपालिकामा पार्टीले कुनै पनि कार्यक्रमको आयोजना गर्दा ठूलो शक्तिको रुपमा पार्टिको कार्यकर्ताहरुको उपस्थिति रहने गरेको कारण पुनः बिजय हुने सम्भावना देखिएको माननीय अशोक कुमार यादवले बताए ।

सिरहा जिल्लाको १७ स्थानीय तहको ९ वटा गाउँपालिका मध्ये सखुवानन्कारकट्टी गाउँपालिकामा बिकास निर्माणले गति पाएको छ । भौतिक पुर्वाधार लगायत लक्षितवर्गको उत्थानका लागि पालिकाले महत्त्वपूर्ण र सराहनीय काम गरेको कारण पार्टीको कुनै पनि कार्यक्रममा जनताको उत्साहजनक सहाभागिता रहेको दावी गरिएको छ । वडा कमिटीको पदाधिकारीको सपथ ग्रहण पश्चात् केही दिन भित्रै पार्टीको गाउँपालिका स्तरीय संगठन निर्माण हुने विद्यार्थी नेता सुमेश कुमार यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१