ताजा समाचार

सखुवानन्न्कारकट्टी ३ मा नेपाली काङ्ग्रेसको वडा कमिटीको सभापतिमा बेचन यादव निर्विरोध चयन

  • कार्तिक २९, २०७८
  • ७३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ , कार्तिक । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको सखुवानन्न्कारकट्टी गाउँपालिका वडा नम्बर - ३ मा आज नेपाली काङ्ग्रेसको वडा कमिटी निर्विरोध रुपमा चयन भएको छ।नवगठित कमिटीको वडा सभापतिमा बेचन यादवको नेतृत्वमा १५ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो । निर्वाचन आयोगले चुनावको समय तोकीदा आफ्नो पार्टीको बर्चस्व कार्यम गर्न गाउँ गाउँमा नयाँ समितिहरु गठन गर्न लगेका छन। केन्द्रका र सिरहाको निर्णय अनुसार कार्तिक ७ गते सिरहा जिल्लाको प्रत्येक वडा अधिबेशन शनिबार गराउनु पर्ने नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादवले बताए। नवगठित समितीको उप- सभापतिमा प्रशुराम चौधरी , सुनिता साफी , सचीवमा जगरनाथ यादव , अभय यादव , सह- सचीवमा बुदुर यादव , प्रबिन्द्र यादव , सदस्यहरुमा राजकुमार यादव , किरण गुप्ता , हरिचन यादव लगायत १५ सदस्य समिती चयन भएको छ । त्यस्तै पार्टीकै क्षेत्रीय प्रतिनिधिहरुमा रामबिलास यादव, बिरेन्द्र प्रसाद यादव , ललित कुमार यादव , शत्रुधन गिरी लगायत १५ प्रतिनिधि सर्वसम्मत रुपले चयन भएको युवा नेता बिनोद अधिकारीले जानकारी दिनुभएको छ । समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए । सिरहाको १७ वटा स्थानीय तहको सम्पुर्ण वडाहरुमा वडा अधिबेशन सम्पन्न गर्न जिल्ला सभापति राम चन्द्र यादवले निर्णय गरेका छन्। नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले वडा अधिबेशन गराउन बेस्त देखिएका छन् ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤