सखुवानन्न्कारकट्टी ३ मा नेपाली काङ्ग्रेसको वडा कमिटीको सभापतिमा बेचन यादव निर्विरोध चयन

  • कार्तिक २९, २०७८
  • ५२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ , कार्तिक । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको सखुवानन्न्कारकट्टी गाउँपालिका वडा नम्बर - ३ मा आज नेपाली काङ्ग्रेसको वडा कमिटी निर्विरोध रुपमा चयन भएको छ।नवगठित कमिटीको वडा सभापतिमा बेचन यादवको नेतृत्वमा १५ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो । निर्वाचन आयोगले चुनावको समय तोकीदा आफ्नो पार्टीको बर्चस्व कार्यम गर्न गाउँ गाउँमा नयाँ समितिहरु गठन गर्न लगेका छन। केन्द्रका र सिरहाको निर्णय अनुसार कार्तिक ७ गते सिरहा जिल्लाको प्रत्येक वडा अधिबेशन शनिबार गराउनु पर्ने नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादवले बताए। नवगठित समितीको उप- सभापतिमा प्रशुराम चौधरी , सुनिता साफी , सचीवमा जगरनाथ यादव , अभय यादव , सह- सचीवमा बुदुर यादव , प्रबिन्द्र यादव , सदस्यहरुमा राजकुमार यादव , किरण गुप्ता , हरिचन यादव लगायत १५ सदस्य समिती चयन भएको छ । त्यस्तै पार्टीकै क्षेत्रीय प्रतिनिधिहरुमा रामबिलास यादव, बिरेन्द्र प्रसाद यादव , ललित कुमार यादव , शत्रुधन गिरी लगायत १५ प्रतिनिधि सर्वसम्मत रुपले चयन भएको युवा नेता बिनोद अधिकारीले जानकारी दिनुभएको छ । समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए । सिरहाको १७ वटा स्थानीय तहको सम्पुर्ण वडाहरुमा वडा अधिबेशन सम्पन्न गर्न जिल्ला सभापति राम चन्द्र यादवले निर्णय गरेका छन्। नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले वडा अधिबेशन गराउन बेस्त देखिएका छन् ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषध गाँज ...

ओम प्रकाश यादव लहान जेठ ५ । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ०१, देविपुरमा सञ्चालित 'शिद्धीक ...

पशुपति आदर्श माविमा ...

लहान जेठ ५ । पशुपति आदर्श माविमा नौ वर्षअघिको भाडा रकम प्रकरण : थारु संघद्वारा भ्रामक समाचारविर ...

सिरहा प्रहरीले लागुऔ ...

ओम प्रकाश यादव लहान, जेष्ठ ४ । सिरहा जिल्लामा लागुऔषध कारोबार र अवैध रकमको ओसारपसारमा संलग्न पाँच जन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१