ताजा समाचार

भारतीय रक्षा प्रमुख रावतसँग प्रधानसेनापति शर्माको भेट, द्विपक्षीय रक्षा सहयोग बढाउनेबारे छलफल

  • कार्तिक २५, २०७८
  • १२१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लालु चौधरी / कपिलवस्तु / विजयनगर प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा छन् । भारतीय सेनाका समकक्षी मनोज मुकुन्द नरवणेको निमन्त्रणामा शर्मा त्यसतर्फ गएका हुन् । प्रधानसेनापतिका रूपमा शर्माको यो पहिलो विदेश भ्रमण हो । शर्माले मंगलबार नै आफ्ना समकक्षी नरवणेसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटमा आपसी हित र पारस्परिक सहयोगबारे कुराकानी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शर्माले आज भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लिने कार्यक्रम छ । यो उपाधि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले दिनेछन् । नेपाल र भारतका सेनाबीच मानार्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ । प्रधानसेनापति शर्माले भारतका राष्ट्रपति कोबिन्द, त्यहाँका रक्षा सचिव, वायु सेनाध्यक्षलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका पनि छ । शर्मा भ्रमण सकाएर कात्तिक २६ गते स्वदेश फर्कने छन्
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤