छठ पर्व नजिकिए संगै, माटोको बर्तन किन्नेहरुको घुइँचो

  • कार्तिक १५, २०७८
  • १३११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुन देव सरदार लहान कार्तिक-१५गते। सिराहाको लहानमा आज सोमबार माटोको बर्तन किन्नेहरु घुईचो देखिएको थियोे । हिजोआज बजारमा माटोको बर्तन देखि सरसमान सम्मको किन्नेहरुको चहलपहल बढदो देखिन्छ। माटोको बर्तन खासगरी कुमहाल जातीले बनाउने गर्छ, माटोको मुर्ति , सरसामान अति नै शुद्ध हुन्छ । प्रा:य जसो हामी पुजा पाठमा मिट्टी अर्थात माटोद्वारा निर्मित सामानहरु प्रयोग गरिदै आइरहेका छौ । माटोको बर्तन सेट २ सयमा विक्री गरिएको देखिएको थियोे । २ सयमा एउटा हात्ती , ढकनी, दीप , घैलो दिइएको लहान -७ बस्ने ममता कुमारी गुप्ता , लहान-८ बस्ने शोभा गुप्ताले बताएकी छिन। चार्डपर्व नजदिकै गर्दा ठाउँ ठाउँबाट बजार अनुगमन हुनुपर्ने आवाज उठिरहेको देखिन्छ । अहिले सिराहा , लहान , धनगडी , गोलबजार , सुखिपुर , मिर्चैया , चोहर्वा बन्दिपुर लगायतका बजारहरुमा सुन देखि नुन सम्मको समान निसंकोच विक्री भइरहेको देखिन्छ । यत्ती बेला बजार अनुगमन जरुरी देखिन्छ । अनुगमनले सामानको मुल्य , म्याद गुजरिएका सामान नष्ट गरिदिनु बेला भएको छ। नगरपालिका र घरेलुु तथा साना उधोग कार्यालय लहानले अनुगमन गर्नु जरुरी देखिन्छ । आउदो बिहीबार धनधान्नी माता लक्ष्मी पुजा हुनेछ , भने त्यसको ६ दिन पश्चयात सुर्य देवतालाई पुजा गरि छठ मनाइने छ। छठ पर्वलाई दिनानाथ दिनकर भनेर पनि भन्ने गरिन्छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सखुवानन्कारकट्टीमा ८ ...

रहमुल, लहान १३ फागुन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५, समूह २ का ८६ जना महिलाहरूलाई ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१