ताजा समाचार

छठ पर्व नजिकिए संगै, माटोको बर्तन किन्नेहरुको घुइँचो

  • कार्तिक १५, २०७८
  • १४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुन देव सरदार लहान कार्तिक-१५गते। सिराहाको लहानमा आज सोमबार माटोको बर्तन किन्नेहरु घुईचो देखिएको थियोे । हिजोआज बजारमा माटोको बर्तन देखि सरसमान सम्मको किन्नेहरुको चहलपहल बढदो देखिन्छ। माटोको बर्तन खासगरी कुमहाल जातीले बनाउने गर्छ, माटोको मुर्ति , सरसामान अति नै शुद्ध हुन्छ । प्रा:य जसो हामी पुजा पाठमा मिट्टी अर्थात माटोद्वारा निर्मित सामानहरु प्रयोग गरिदै आइरहेका छौ । माटोको बर्तन सेट २ सयमा विक्री गरिएको देखिएको थियोे । २ सयमा एउटा हात्ती , ढकनी, दीप , घैलो दिइएको लहान -७ बस्ने ममता कुमारी गुप्ता , लहान-८ बस्ने शोभा गुप्ताले बताएकी छिन। चार्डपर्व नजदिकै गर्दा ठाउँ ठाउँबाट बजार अनुगमन हुनुपर्ने आवाज उठिरहेको देखिन्छ । अहिले सिराहा , लहान , धनगडी , गोलबजार , सुखिपुर , मिर्चैया , चोहर्वा बन्दिपुर लगायतका बजारहरुमा सुन देखि नुन सम्मको समान निसंकोच विक्री भइरहेको देखिन्छ । यत्ती बेला बजार अनुगमन जरुरी देखिन्छ । अनुगमनले सामानको मुल्य , म्याद गुजरिएका सामान नष्ट गरिदिनु बेला भएको छ। नगरपालिका र घरेलुु तथा साना उधोग कार्यालय लहानले अनुगमन गर्नु जरुरी देखिन्छ । आउदो बिहीबार धनधान्नी माता लक्ष्मी पुजा हुनेछ , भने त्यसको ६ दिन पश्चयात सुर्य देवतालाई पुजा गरि छठ मनाइने छ। छठ पर्वलाई दिनानाथ दिनकर भनेर पनि भन्ने गरिन्छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤