ताजा समाचार

कर वृद्धिको विरोधमा मिर्चैयामा आन्दोलनको तयारी

  • साउन २६, २०७५
  • १०१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, २६ साउन । मिर्चैया नगरपालिकाले गरेको कर बृद्धिको बिरोधमा आन्दोलनको तैयारी गरिएको छ । केहि दिनदेखि निरन्तर रुपमा भईरहेको मिर्चैया उद्योग बाणिज्य संघ, स्थानिय बिभिन्न राजनितिकदल र नागरिक समाज सम्मिलित बैठकले ३ बुँदे माँग राख्दै मिर्चैया नगरपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । 
मिर्चैया नगरपालिकाले बृद्धि गरेको कर स्थगित गर्नुपर्ने, पुरानो कर पनि  संशोधन गरी लागु गर्नुपर्ने र नगरपालिका भित्रका सम्पुर्ण आर्थिक कारोबारको बिषयगत आय–ब्यायको बिबरण पारदर्शी गर्नुपर्ने माँग गर्दै यहि साउन २९ गते नगरपालिकामा ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ । 

 

समयमा माँग सम्बोधन नगरीए चरणबद्ध आन्दोलनमा उत्रने तैयारीमा रहेको स्थनिय कांग्रेस नेता अरुण सिंहले चेताबनी दिएका हुन् । नगरपालिकाले मनोमानी ढंगले जनताको हित बिपरित गतिबिधि गरिरहेकाले त्यस्ता गतिबिधिको बिरोधमा ब्यापारी सडकमा उत्रने स्थानिय ब्यापारी रुकेश साहले बताए । 
यहि साउन २४ गते स्थानिय ब्यापारी, राजनितिकदल र नागरिक समाज सम्मिलित बैठक मिचैया ५ स्थित गुदरी बजारमा बसिरहेको अबस्थामा नगरपालिकका मेयरले उछृंखल युवाहरुलाई मंगाई समाजिक मुठभेड गराउन खोजेकोले त्यस्तो कार्यप्रति नगरबासीले घोर भत्र्सना गरेको एक बिज्ञप्ती जारी गरी जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤