Siraha Times
ताजा समाचार

बाबातालमा महिलाको लाश भेट्यो

  • साउन २५, २०७५
  • ९५१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २४ साउन । पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको सिरहाको कर्जन्हा नगरपालिका १ बन्दीपुर स्थित बाबातालमा एक महिलाको लाश फेला परेको छ । सनाखत हुन नसकेकी अन्दाजी ३५ बर्षीया मधेशी मुलकी महिलाको शव बाबातालदेखि करिब ३ सय मिटर पश्चिम दक्षिणमा आज विहान फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले बताए । बाबाताल जाने बाटो छेउमा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो । शवको प्रकृति हेर्दा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शब पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१