Siraha Times
ताजा समाचार

नेकपा (एमाले) कृष्णनगर संदिप मौर्या को अध्यक्षतामा ४१ सदस्यीय सर्वसम्मत नगर कमिटी गठन

  • कार्तिक १०, २०७८
  • १०४० पटक पढिएको
  • रामएकवाल राम
alt

कृष्णनगर, कार्तिक १० - कपिलवस्तु जिल्लाको कृष्णनगर नगर कमिटी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम नगर अधिवेशन समपन्न भएको छl कृष्णनगर नगरपालिकाको नेकपा (एमाले) नगर कमिटी संदीप मौर्य को अध्यक्षतामा ४१ सदसिय सर्वसम्मत नगर कमिटी गठन भएको छl

नगर कमिटी उपाध्यक्षमा मेहताब आलम, सचिवमा अरूण कुमार श्रीवास्तव, उप सचिवमा जावेद आलम खां लगायत ४१ सदसिय रहने गरि कृष्णनगर नगर कमिटी गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्णनगर नगर कमिटी सदस्य मिर्जा रासिद वेग ले जानकारी दिएका छन् l नगर अधिवेशनमा प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी एमाले का लुम्बिनी प्रदेश सचिवालय सदस्य बलराम अधिकारी, विशिष्ट अतिथिमा नेकपा एमाले का केन्द्रीय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सिराज अहमद फारूकी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सफर अलि मियाँ, सुशील श्रीवास्तव लगायत अन्य जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियोl हालै सम्पन्न भएको नेकपा एमाले कृष्णनगर वडा कमिटी का पदाधिकारी हरूको समेत सहभागितामा भव्यताका साथ प्रथम नगर अधिवेशन समपन्न भएको छl

नव गठीत नगर कमिटी ले नगर भित्रका गरीब, असहाय, पिछडावर्ग, अल्पसंख्यक लगायत अन्यको हकहितमा सदैव रहि नगरको विकासमा प्रत्यक्ष संलग्न भै नगर विकासमा अग्रणी भुमिका निर्वाह गरिने नगर कमिटी सदस्य मिर्जा रासिद वेग ले बताउनुभयो l

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१