Siraha Times
ताजा समाचार

औरही गाउँपालिका अध्यक्ष सिद्भार्थ यादवले सम्पुर्ण सुचना हकअधिकार हस्तक्षेपमा लागेको उपाध्यक्ष यादवकी कथन

  • असोज ३१, २०७८
  • १११३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।असोज ३१गते। सिरहाको औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले जनताको सुचना हक अधिकारबाट बञ्चित गराइएको उपाध्यक्ष सिता कुमारी यादवकी कथन रहेको छ। औरही गाउँपालिकमा कुनै नमुना कामकाज नभएको उपाध्यक्षकी कथन छ। केही साता पहिला अनौपचारिक भेटघाटको क्रममा यस्तो अभिव्यक्ति उपाध्यक्षले जनाइएकी थिइन । उपाध्यक्ष यादव संघिय समाजवादी पार्टी नेपाल हाल जसपाबाट निर्वाचित छिन। २६०३ मत ल्याई प्रत्यासीलाई २०३ मतबाट पछाडि पारी विजयी पाईएकी छिन। औरही गाउँपालिका जनताको हकअधिकार मिचिएको प्रति उपाध्यक्ष आक्रोश व्यक्त गरेकी छिन। त्यसमापनि गाउँपालिका वडा न.२ तुलसीपुरका जनता पुर्णरुपमा सुचना देखि वञ्चित रहेको उपाध्यक्षले दावी गरेकी छिन। यी र यस्ता समस्या झेलिरहेका जनताको हक अधिकार मिचिएको प्रति गत श्रावण ३२ गते प्रेस विज्ञप्ति गरि गाउँसभा बहिष्कार गरेकी थिईन। उपाध्यक्षले निम्न बुदाहरु मिचिएको प्रति गाउँसभा बहिष्कार गरेकी थिइन । - लैङ्गक विभेद गरि गाउँसभा गरिएको हुनाले विरोध - अपांग कार्ड वितरणमा समस्या खडा गरिएकोले विरोध - भ्रष्टाचार लुकाउन अनुगमन समितिको संयोजकबाट हटाइएको प्रति विरोध । - न्यायिक समिति संयोजक भएपनि न्याय पालिका संचालनमा अध्यक्ष विरोध गरिएकोले विरोध । - डिपिआर र परामर्शको नाउँमा लाखौं भ्रष्टाचार प्रति विरोध । - चिठी पत्र समयमा जानकारी नगराइएको र सुचनाको हक नदिइएको ले विरोध । - करारमा शिक्षक नियुक्ति तथा अन्य नियुक्तिमा धान्धली प्रति विरोध । यी र यस्तो थप बुदाहरु प्रति गाउँपालिका उपाध्यक्ष सीता कुमार यादवले विरोध गरेकी थिइन । पालिकामा जम्मा ५ वडाहरु पर्दछन। १. दर्हीया , २ तुलसीपुर , ३ कर्हर्वा , ४ इँटाटार कमलपुर , ५ औरही गाउँहरु पालिका भित्र पर्दछ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१