पार्टी प्रति जान दिन तयार रहेको काङ्ग्रेस नेता गोपाल कृष्ण यादव

  • असोज ३१, २०७८
  • १०७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३१ असोज- सिरहाको सखुवानानकारकट्टी गापा ३ मा नेपाली काङ्ग्रेसको चिया पान समारोह कार्यक्रम सम्पन्न भएको छ्। स्थानीय जन निर्वाचित वाडा सदस्य सोने लाल चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे। नेपाली काङ्ग्रेसका बरिस्ठ नेता तथा महासमिति सदस्य सुर्य नारायण यादवले प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि यादवका अनुसार नेपाली काङ्ग्रेसले नै देशमा रुपान्तरण ल्याउँछन् र देश बिकास गर्ने शक्तिको रूपमा रहेको दाबी गरेका छन्। बिशिस्ट अतिथिमा देबनाथ यादव,पुर्व सभापति देब नारायण यादव,सिरहा क्षेत्र नम्बर १ का क्षेत्री सदस्य तथा सखुवानानकारकट्टी वडा २ का प्रत्यासी,तनुक लाल यादव, नेपाल विद्यार्थी संघका निबर्तमान केन्द्रिय सदस्य संजय कुमार यादव,अतिथिहरुमा नेता गौरी नारायण चौधरी,युवा नेता गोपाल कृष्ण यादव,नेबी संघ सिरहाको पर्बक्ता तथा युवा नेता पपु यादव,लगायतका विद्यार्थी नेताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।उक्त कार्यक्रम युवा गोपाल कृष्ण यादवले आयोजना गरेका थिए। यादव राजनितीमा निकै चर्चा बटुलेका छन्।

पब्लिक एम्स लहानका संचालक पशुपति चौधरी ,फुटबल प्रशिक्षक श्याम सिंह,शिक्षक संघका सदस्य रामध्यान यादव, नेपाल शिक्षक संघ लहान नगरपालीका कार्यसमिति सचिब भोगेन्द्र प्रसाद यादव,प्रमोद यादव,बैजनाथ यादव,बिरिन देब यादव,सकिय नेता बिरेन्द्र यादव,शिक्षक राम चन्द्र यादव,युवा नेता अन्जित यादव लगायतका ब्यक्तीहरुले सुभ कामना मन्तब्य राखेका थिए। कार्यक्रममा शिक्षक राम ध्यान यादवले स्वागत मनतब्य राख्दै पार्टीको अगाडि बढाउन काङ्ग्रेस कार्यकर्ता हरुको अहम् भुमिका रहेको बताए। काङ्ग्रेस समाज बादको पार्टी रहेको उनले जोड दिनु भयो। ने.बी. संघका केन्द्र सदस्य संजय यादवका अनुसार काङ्ग्रेस पार्टी कसैको ब्यक्तीगत होईन काङ्ग्रेस पार्टी समुन्द्र हो भन्दै एमाले पार्टी अस्ताउदो सुर्य हो अब एमाले पार्टी अस्ताईसके नेपालमा काममै न रहेको बताए । काङ्ग्रेसको देब नारायण यादव गाउँपा अध्यक्षको उमेदबार समेत रहेको थियो उक्त ब्यक्तीले पार्टी हकहितको लागि निकै योगदान रहेको बताए। प्रमोद यादवका अनुसार काङ्ग्रेस कहिले नेपाली काङ्ग्रेस कम्जोर नरहेको बताए।काङ्ग्रेसमा आपसी दोन्द भएको कारण उपलब्धि न भएको बताए । उक्त कार्यक्रमको संचालन युवा नेता सुरेश कुमार गुप्ताले गरेको नेपाल विद्यार्थी संघका सिरहा जिल्ला प्रबक्ता पपु यादवले जानकारी दिनु भयो।
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१