Siraha Times
ताजा समाचार

हन्सुको काम देखेर स्थानीयवासी हर्षित

  • साउन १६, २०७५
  • १०४८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक रासिन्द्र यादव लहान, १५ साउन । सप्तरीको बलान विहुल ४ बेल्हीमा नेपाली जनता दल (चक्का) छापबाट विजय भएका वडाध्यक्षले गाउंमा विकासको लहर नै ल्याएको स्थानीय उत्तिमलाल खंगले बताउंछन् । खंग अगाडि थप्छन् —‘बीस बर्षसम्म नभएको विकास वडाध्यक्ष मो.हन्सुले गरेका छन् ।’ ‘विकासको कारण अहिले वडाध्यक्ष सबैको प्यारो बनेका छन् ।’ वडाध्यक्ष हन्सुले आफ्ना वडामा १० लाख लागतमा वडा कार्यालयको भवन निर्माण गरेको छ भने ५ लाखको लागतमा मदरसा निर्माण गरिएको छ । मदरसामा थप रकम लाग्ने भएकोले काम जारी रहेको छ । सलहेश थानदेखि भारतीय सीमा क्षेत्रसम्म १ सय ६० मिटर आरसिसी र १ सय २५ मिटरसम्म पिपिसी ढलान गरिएको छ । मैहरोली पोखरीदेखि शिवनाथ कापरको घरसम्म १ सय ३० मिटर थप आरसीसी ढलान गरिएको छ । तपसि मसैतादेखि तुरुन्तलाल मण्डलको घरसम्म आरसीसी ढलान गरेर गाउंलाई हिलो थल्लकिच्चरबाट मुक्त पारेकोले स्थानीयवासी हर्षित भएको सोही वडाका रामप्रसाद यादव बताउंछन् । उता, मण्डल टोलदेखि मलाह टोलसम्म २ सय २१ मिटर नयां सडक विस्तार गरिएको छ । बस स्टेन्ड र हाटबजार व्यवस्थापनको लागि माटो ग्राभेलको काम पुरा गरेको छ । ५ लाख लागतमा सामुदायिक भवन निर्माण गरेको छ भने लवका टोल बलानदेखि डिहिवारबाबा थानसम्म २ सय ५० मिटरबढी माटोग्राभेलको काम गरेको छ st। आ.ब.०७४।०७५ मा ५० लाख गाउंपालिका र ३० लाख सीमा विकासको लागि भारत सरकारको सहयोग प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१