काङ्ग्रेस सभापति यादवद्वारा १ लाख २५ हजार सहयोग गर्ने घोषणा

  • आश्विन २६, २०७८
  • १४८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २६, असोज सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ३ पोर्ताहामा आज राधाकृष्ण प्रणामी मन्दिरको सिल्यानास गरिएको छ । समाजद्वारा चन्दा संकलन गरी ब्यक्तिगत लगानी र मनकारीहरुको बिशेष सहयोगमा उक्त मन्दिर निर्माण हुने जनाईएको छ । नेपाली काङ्ग्रेस पार्टीका सिरहा जिल्ला सभापति रामचन्द्र यदवको प्रमुख आतिथ्यमा मन्दिरको सिल्यानास गरिएको आयोजक नेपाली काङ्ग्रेस सखुवानन्कारट्टी गाउँपालिकाका युवा नेता गोपाल कृष्णयादवले जानकारी दिनुभयो । मन्दीर निर्माणगर्न स्थानीय नथुनी साह र लक्ष्मण साहले करिब १५ धुर जग्गामा दान गरेको छ । आर्थिक अवस्था कमजोर भए पनि मन्दिर निर्माण गर्न जग्गा दानगर्ने दानविर परिवारहरुलाई समाज र नेपाली काङ्ग्रेस पार्टीका प्रतिनिधिले सम्मान गरेको थियो ।

Open Photo

उक्त मन्दिर निर्माण गर्न नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले १ लाख २५ हजार , नेपाली काङ्ग्रेस पार्टीका प्रदेशसभा सदस्यका प्रत्यासी उम्मेदवार देवनाथ यदवले नगद रु ५१ हजार , पार्टीकै सिरहा जिल्ला सचीव पन्चलाल महतोले ७५ बोरा सिमेन्ट दानगर्ने घोषणा गरेको छ । त्यसैगरी नेकाका लहान नगर सभापति सुनिल महतोले मन्दीर निर्माण गर्न आफ्नो निजि तर्फबाट पनि संतोष जनक सहयोग हुने बताए । हिन्दुधर्मालम्बीको समाजिक विकासका लागि मन्दिरको एतिहासिक महत्व रहेकोले सोको विकासका लागि पहल गर्न पछाडी नपर्ने प्रतिबद्धता गरे ।

Open Photo

प्रमुख अतिथिको रुपमा मन्दिरको शिलान्यास गर्न आएका नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अब आउने चुनावमा नेपाली काङ्ग्रेस देशको प्रमुख पार्टी हुने बताए । स्थानीय तह , प्रदेश र केन्द्र तिनै तहमा नेपाली काङ्ग्रेस प्रमुख पार्टी हुने दाबी गरे । जनताको चाहना अनुसार नेपाली काङ्ग्रेसले देशमा ठूलो परिवर्तनहरु ल्याएकोले चुनावमा अगाडि रहने बताए । सिल्यानास कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य सुर्यनारायण यादव , नेविसंघका केन्द्रिय सदस्य संजय यादव , काङ्ग्रेस पार्टिका सिरहा जिल्ला उपाध्यक्ष बिष्णु साह बानियाँ , सचिव पन्चलाल महतो, लहान नगर सभापति सुनिल महतो , समाजसेवी तथा काङ्ग्रेस पार्टीका जिल्ला सदस्य महेश चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गोपाल कृष्ण यादव र बिरेन्द्र यादव लगायतले बिशेष सहयोग गरेका थिए ।

Open Photo

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१