Siraha Times
ताजा समाचार

नेपाली काङ्ग्रेस पत्रकार भेटघाट एवंम चियापान कार्यक्रम सम्पन्न

  • असोज २३, २०७८
  • १०३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।असोज २३ गते। धनगढीमाईको जिरोमाइल स्थित नेपाली कांग्रेसका जिल्ला सभापति एवं संविधान सभा सदस्य रामचन्द्र यादव ज्युद्वारा आयोजित पत्रकार भेटघाट एवंम चियापान कार्यक्रम आज सम्पन्न भएको छ। सो भेटघाट कार्यक्रममा सिरहा जिल्लाका विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेका थियो । नेपाली कांग्रेस सिराहाका सभापती रामचन्द्र यादवद्वारा उनको निवासमा हिन्दूहरूको महान चाड वडा दशैँ ,तिहार , दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता विष्णु प्रशाद गुप्ता , प्रमुख अथिति रामचन्द्र यादव ,विशिष्ट अतिथिहरु नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैता , बरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता , नेपाली कांग्रेसका नेता तपेश्वर महतो , महिला नेत्री विमला देवी शाह लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागितामा भएको थियोे । कार्यक्रममा स्वागत मन्तव्य रामबाबु यादवले राख्नु भएको थियो ।

Open Photo

कार्यक्रमको शुरुमा ज्ञात अज्ञात शहीदप्रति मौन धारण गरिएको थियो । कार्यक्रम शुरू भएपछि जिल्ला सभापति रामचन्द्र यादवले सहभागी पत्रकारहरुलाई टीका र गम्छा ओढाएर सम्मान गर्नु भएको थियोे । कार्यक्रममा बोल्दै वरिष्ट पत्रकार दिनेश्वर गुप्ताले लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि पत्रकारहरु निरन्तर कलम चलाउने बताउनु भएको छ । कार्यक्रममा सभापति रामचन्द्र यादवले आफू जनताको पक्षमा रहेर काम गर्ने भएकोले सही सत्य खवर लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । पूर्व गाविस अध्यक्ष समेत रहेका यादवले अाम जनता बाट विजय भएर सिरहाबाट माननीय समेत भएका थिए । लामो राजनीति सक्रियता र इतिहास बोकेका यादवले जिल्लामा आफ्नो कार्यकालमा भौतिक निर्माण मन्दिर , स्कूल ,बाटो घाटो निर्माणमा विगतमा बढी सक्रिय रहनु भएको थियो । पत्रकारलाई सत्य तथ्य लेख्नु पर्छ,कतिपय ठाउँमा विना काम प्रतिशतमा कामको चर्चा पत्र पत्रिकामा हेर्न सकिन्छ नेपाली काङ्ग्रेसका नेता रामचन्द्र यादवले आफ्ना प्रतिक्रिया जनाएका छन।

Open Photo

Open Photo

Open Photo

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१