Siraha Times
ताजा समाचार

मधेसमा दसैंको माहुल तातिदै : भक्तजनहरुको मठ मन्दिरमा भिड

  • असोज २३, २०७८
  • ८५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ असोज - दसैंको प्रार्म्भ संगै सिरहाको मठ मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्ने गरेको छ्।नेपालीहरुको महान चार्ड बडा दसौंको प्रार्म्भ भए लगत्तै हिन्दु धर्मावलम्बीहरुले धर्मप्रतिको आस्थामा जागरुकता देखीएको छ। सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १० ललसैया कट्टीमा रहेको दुर्गा मन्दिरमा दसैंको पहिलो दिन देखि नै हजारौंको संख्यामा भगत जनहरुको भिड लाग्ने गरेको हो । दसैंको घटस्थापना संगै मधेसमा मठ मन्दिर र शक्तिपीठहरु दुलहीन झैं सिंगारीको देखिन्छ । मधेसमा दसैंको सुरुवात संगै घरको कुल देबी देउताहरु पनि सकृय हुने भएको धार्मिक जनबिशवास रहेको छ।

Open Photo

सिरहाको सुखिपुर नगरपालिका १० ललसैया कट्टीमा भब्य रुपमा दसैंको घटस्थापना देखि नै ठुलो मेला लाग्ने गरेको स्थानीय समाज सेबी दुरेन्द्र कुमार यादव दुर्गाले जानकारी दिनु भयो।समाज सेबी यादव घटस्थापनाको दिन करिब ५ हजार श्रधालु भक्तजनहरुलाई आफनो निजी लगानीमा फुरुटी वितरण गरेका थिए । दुरेन्द्र स्थानीय चर्चीत ब्यक्ती र समाज सेबी हुन उनको धर्मप्रतिको निकै नै बलियो रहेको छ।उनले गाउँ पालिका लगायत प्रत्येक बर्ष विभिन्न मन्दिरहरुमा आर्थिक सहयोग गर्ने गरेको हो । दुरेन्द्र कुमार यादव दुर्गा,जय माँ दुर्गा कन्ट्कसनको संचालक ब्यक्ती हुन्।

Open Photo

उक्त मन्दिर २००७ सालमा स्थापना भएको छ। स्थानीय काङ्ग्रेस नेता राम चन्द्र यादवले आफनो संस्दीय कोषबाट २५ लाख रुपैयाँ मन्दीर निर्माणमा आर्थिक सहयोग गरेका छन् । कलस यात्रामा काङ्ग्रेस नेता राम चन्द्र यादवले स्वम सहभगी भई करिब ७ किलोमीटरको कलस यात्राको सामना गरेको स्थानीय लाल बाबु यादवले जानकारी दिनु भयो उक्त कलस यात्रामा शनिदेब मन्दिरस्थित रहेको गागन खोलामा सुखीपुर बजार परिक्रमा गर्दै ललसैहीया आएका थिए।

उक्त कार्यक्रममा करिब पाच हजार भन्दा बढी धर्मावलम्बीहरुको सहभागिता रहेको समाज सेबि दुरेन्द्र कुमार यादव दुर्गाले जानकारी दिनु भयो।सिरहा जिल्लाको एतिहासिक मन्दिरको रुपमा उक्त मन्दिरलाई चिनेको गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१