Siraha Times
ताजा समाचार

मिर्चैया : अष्टावक्र फाउन्डेशनद्धारा एसईई उतीण विद्यार्थी सम्मानित

  • साउन १२, २०७५
  • ११२३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १२ साउन । मिर्चैयामा रहेको अष्टावक्र फाउन्डेशनले २०७४ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतीर्ण भएका बिद्यार्थीहरुलाई एक कार्यक्रमकोबिच सम्मान गरेका छन । बिद्यार्थीको पढाईप्रति मनोवल बढाउने उदेश्यले फाउन्डेशनले मिर्चैया नगरपालिका बडा नं. ५ स्थित सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी आज (शनिवार) मिर्चैया नगरपालिका भित्र रहेका निजि तथा सरकारी बिद्यालयबाट उर्तीण भएका २४ जना बिद्यार्थीहरुलाई सम्मान गरेको आयोजकले जनाए । 
नगरपालिका भित्र रहेका १० वटा निजि विद्यालय र ३ वटा सरकारी विद्यालयलाई चिठी पठाई सरकारी विद्यालयबाट एसईई परिक्षामा “ए” पल्स र सरकारी विद्यालयवाट “ए” जिपिए ल्याएका बिद्यार्थीहरुलाई सहभागि गराई सम्मान गरेको आयोजक संस्थाका सचिव बलराम सेवकले बताए । कार्यक्रममा सहभागि भएका निजि र सरकारी गरी २० जना छात्र र ४ जना छात्रा गरी २४ जनालाई विद्यार्थीलाई प्रमाण पत्र, मेडल, खादा, मायाको चिनो सहित सम्मान गरिएको छ । 
  
कार्यक्रममा मोहन माबि, सगरमाथा मावि, टाइम्स स्कुल, स्वस्तिक पाठशाला र आदर्श शिशु सदनका विद्यार्थीहरु सम्मानित भएका छन् । संस्थाले बिगत एक वर्षदेखि समाजिक क्षेत्रमा काम गर्दै आएका छन् । 
संस्थाका संस्थापक अध्यक्ष डा. संजय साहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यात्म गुरु स्वामी शैलेन्द्र र अतिथिको रुपमा संस्थाका अध्यक्ष अमर साह लगायतका सहभागिता रहेका थिए । 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१