ताजा समाचार

विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा जनजागरण भेला सम्पन्न

  • असोज १६, २०७८
  • १०९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, असोज १६ विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ । मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ । नव गठित इकाइ कमिटीलाई शुभकामना दिदै कार्यक्रमको प्रमुख अतिथी प्रदेश प्रवक्त अकरम पठानले विजयनगरमा जसपाको अभियानमा एक बद्ध भएर लाग्न अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा जसपा नेपाल पार्टीको सुदृढीकरण , पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र गाउँपालिकामा पार्टी प्रति विश्वास तथा संगठन विस्तार गरि मजबुत गर्न विशेष अभियानमा लागिएको साथै वडामा पालिकाबाट भै गरेका कार्यलाई जसपाले निगरानि गर्ने आवश्यक रहेको जसपा उपाध्यक्ष राम निवास पुरीले बताउनु भएको छ । साथै राम्रो कार्यमा सहभागि भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्नुपर्ने पुरीले बताउनुभयो । पार्टीको निर्देशन अनुसार सो शुद्धिकरण तथा जनजागरण अभियान अन्र्तगत पार्टी भित्र रहेका निस्कृय दोढारे चरित्र पार्टी प्रति बेवास्ता गर्नेलाई पाखा लगाई नयां तरिकाले अगाडि बढ्ने कार्यक्रमको मुल उद्देश्य रहेको जसपा विजयनगर इकाइ कमिटी अध्यक्ष सन्त राम तेलीले बताउनु भएको छ ।

कार्यक्रममा प्रदेश सदस्य रहिस खाँ,ज.स.पा नेता राज कुमार चौधरी,यूवा नेता वजरङगी गुप्ता,विजनलाल श्रीवास्तव,कैलस चौधरी,वृजराज चौधरी,वार्ड नं.१का सभापति राजकुमार भुज, वार्ड नं.२ का उपसभापति तुलसीराम भर, वार्ड नं.३ का सभापति अब्दुल गनी, वार्ड नं.४ का सभापति जिवनलाल तिवारी, वार्ड नं.५ का सभापति शिवनारायण तेलीको उपस्थिति रहेको थियो । गाउँपालिकाका जसपा पार्टी अध्यक्ष राज कुमार भुजको अध्यक्षता विजयनगर गाउँपालिकाको जसपा नेपाल वडा इकाइ कमिटी सदस्य अशोक कुमार कलावारको संचालन मा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤