Siraha Times
ताजा समाचार

५६ केजी गाँजा सहित ८ जना प्रहरीको फन्दामा

  • साउन १०, २०७५
  • १२०० पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ श्रावन १० । लाहन नगरपालिका १७ गोबिन्दपुर बाट ५६ केजी प्रतिवन्धित लागु औषध गाँजा सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजाको कारोवार भईरहेको भन्ने विशेष सुराकीको आधारमा लहान १७ गोविन्दुपुरका भागेश्वर चौधरीको घरमा कारोवार भईरहेको सुचनाको आधारमा प्रहरीले छापा मर्दा उक्त परिमाणको गाँजा सहित ८ जना पक्राउ परेको हो।प्रहरीले विक्रिगर्नको लागि ठिक्क पारि प्लाष्टिकको बोरामा राखेको अवस्थामा ८ जना सहित गाँजा बरामत गरेको जनाएको छ ।

सोमबार अपरान्ह पक्राउ गरेका सवैलाई म्याद थप गराई हिजो सार्वजनिक गरिएको छ।प्रहरीले कारोवार संलगन लहान ४ का ४५ वर्षिय सत्यनारायण साह, लहान १७ का १७ वर्षिय रमेश कुमार चौधरी, धर्मेन्द्र राय, दिपक कुमार चौधरी, अनिल कुमार चौधरी, वर्ष १८ का बसन्त चौधरी संगै भगवानपुर गाउँपालीका १ बस्ने १८ वर्षिय उमेश कुमार यादव सहित ८ जना पक्राउ परेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापाले जानकारी दिएका छन्।पक्राउ परेकाहरुलाई सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१