Siraha Times
ताजा समाचार

लहान : शिक्षाक्षेत्र सुधार गर्छु , सरोकारवालाको प्रतिबद्धता

  • असोज १४, २०७८
  • ६५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १४ असोज । ‘निःशुल्क , गुणस्तरीय शिक्षा सम्भव छ ’ भन्ने मुलनारा सहित सिरहाको लहान नगरपलिकामा आज एक दिने दिगो विकासका लागि स्थानिय सरकार संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लहान नगरपालिका वडा नम्बर – २४ का वडा अध्यक्ष कमलदेव यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजक शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) का सिरहा जिल्ला अध्यक्ष उमेश कुमार बिसुन्केले जनाएको छ । शिक्षाक्षेत्र देश विकासको प्रमुख मेरुदण्ड भएकोले गुणस्तरीय शिक्षाका लागि सम्पुर्ण सरोकारवाला निकायका प्रतिनिधिहरु एकजुट भएर लग्नुपर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले जेड दिएका छन् । सामुदायिक बिधालयमा दक्ष जनशक्ती रहेपनी बिधालयले अभिभावकको विश्वास जित्न नसकेको कारण सामुदायिक बिधालय प्रतिको मोह जन- मानसमा कम भएको सहभागीहरुले औल्याए ।

Open Photoस्थानीय सरकारको बजेट नीति तथा कार्यक्रममा शिक्षालाई प्रमुख प्राथमिकतामा राख्न सहभागिहरुले जनप्रतिनिधिलाई सुझाव दिएका थिए । बिधार्थी , अभिभावक र शिक्षक बिचको सुमधुर सम्बन्ध कायम भएमा मात्र सामुदायिक बिधालयको पठन पाठनमा सुधार हुने कार्यक्रममा चर्चा गरिएको थियो । गुणस्तरीय शिक्षाकै पहिलो आधार हो– शिक्षक र शिक्षण विधि।, उपयुक्त शिक्षण विधि र उत्साहित शिक्षकले नै शैक्षिक गुणस्तर वृद्धि गर्न सक्छन् , अनुभव, ज्ञान, सीप र विद्यार्थीहरूको रुचिको आधारमा अध्ययन अध्यपन गराएमा मात्र गुणस्तरीय शिक्षाको विधि पालना हुने भएकोले आउँदा दिनहरुमा सुधार गर्न पहल गर्नेछु , कार्यक्रममा सहभागी सरोकारवालाहरुले सामुहिक रुपमा प्रतिबद्धता गरेका छन् ।, बिधालयको भौतिक संरचना सुधार पनि गुणस्तरीय शिक्षा अन्तर्गत पर्ने भएकोले स्थानीय सरकारको त्यसतर्फ ध्यानाकर्षण हुनुपर्नेमा कार्यक्रममा जोड दिएको छ । कार्यक्रममा बिधालयका प्रधानाध्यापक , शिक्षक , जनप्रतिनिधि , संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत शिक्षा क्षेत्रसंग सम्बन्धित करिब २३ जना सरोकारवालाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१