Siraha Times
ताजा समाचार

सिरहाको ,धनगढीमाई नगरपालिकामा गोली प्रहारबाट प्रदिप यादब घाईते

  • साउन ५, २०७५
  • १४४८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सन्दीप यादव,सिरहा, ०५ साउन । सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनीस्थित एक जनामाथि शुक्रबार राति गोली प्रहार भएको छ । गोली लागेर घाइते भएका करिब ४५ वर्षीय प्रदीप यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धनगढीको जिरो माइलबाट स ८ प ३१९१ नम्बरको मोटरसाइकलमा चढेर भोर्लेनीस्थित घर जाँदै गरेका यादवमाथि श्यामपुर गाउँदेखि उत्तर धनगढीमाई नगरको १० र १३ को सीमामा गोली प्रहरी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । चार्पाँच जनाको समूहमा लुकेर बसेका आक्रमणकारीले प्रहार गर्दा यादवको बायाँ हातमा गोली लागेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धानमा असर पर्ने भन्दै उनीहरुको नाम गोप्य राखेको छ । विराटनगरमा उपचाररत यादवलाई उद्धृत गर्दै गोली प्रहार गर्नेमध्ये दुई जनालाई चिनेको आफन्तले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१