Siraha Times
ताजा समाचार

काँग्रेसको महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने

  • असोज ९, २०७८
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, असोज १० नेपाली काँग्रेसको कपिलवस्तु जिल्लाको महाराजगंज नगर सभापतिमा गंगेश नाथ तिवारीले उमेदवारी दिने भएका छन् । तिवारीले काँग्रेसको आगामी हुने महाराजगंज नगर अधिवेशनमा आफूले सभापति पदका लागि उमेदवारी दिने बताए । त्यसको लागि क्षेत्रका अग्रज नेताहरु संग राय सुझाव र परामर्श गर्दै आवश्यक तयारी गरिरहेको पनि उनले जानकारी दिए । हाल नेपाली काँग्रेस कपिलवस्तु जिल्लाको महाराजगंज नगर समितिको सचिवमा दुई बर्ष देखि सक्रिय सहभागिताका साथ रहनु भएका उहां अब नगर सभापतिमा आउनेगरी तयारी गरिरहेको बताए l विगत डेढ़ दशक देखि सामाजिक अभियन्ताका रूपमा रहनु भएका तिवारी उहां कर्मठ, जुझारू, इमानदार, संघर्ष शील युवा नेता को रूपमा परिचत रहनु भएका पार्टी को हकहितमा समेत सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् l ‘तपाईंको उमेदवारी किन’ भन्ने प्रश्नमा तिवारीले व्यक्तित्व विकासका साथ युवाहरुलाई व्यवसाय उन्मुख गराउन र पार्टी सङ्गठनलाई बलियो बनाई , मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडावर्ग को हकहितमा काम गरि नगरमा काँग्रेसको बलियो उपस्थिति स्थापित गर्न आफूले सभापतिमा उमेदवारी दिन लागेको बताए । साथै उहां ले क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन् l
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१