ताजा समाचार

जनता समाजवादी पार्टीको कमिटी गठन कार्य सम्पन्न

  • असोज १, २०७८
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल ,असोज १ । नगरमा युवा नेता दिलीप लामा राजनीतिक छलफलमा व्यस्त भएका छन् । नेकपा एमालेका लाल किल्ला भनेर चिनिएका साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ खुट्टी खोलाको सोमबारे बस्तीमा जनता समाजवादी पार्टीको अाम भेला सम्पन्न भएको छ । जनता समाजवादी पार्टीका यूवा नेता दिलीप लामाकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय विजय कुमार यादव लगायत जिल्लाका बरिष्ट नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा १७ सदस्य वडा कमिटी गठन भएको छ । खुटी खोलाको सोमबारेमा आयोजित कार्यक्रममा धनगढी माई १४ को वाडा सदस्य हिरादेवि मगरले एमाले पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भएको छ । सयौ अाम मानिसको उपस्थितिका बीच आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता हरु यस पार्टीमा प्रवेश गरेका थिए जहाँ टीका लगाएर माननीय विजय कुमार यादवले नव प्रवेशीलाई अबिर लगाएर स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤