Siraha Times
ताजा समाचार

पुजा ठाकुर नम्बर वन ?, मिस एण्ड मिस्टर छनौट मध्यराती स्थगित

  • साउन २, २०७५
  • १३५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १ साउन । मध्य राती जब पुजा ठाकुर टप फाइवमा प्रवेश गर्दा आयोजकले फिर्ता बोलाइयो अनि दर्शकदीर्घामा नराम्रो तनाव उत्पन भयो । लाखौको लगानीमा संचालन भएको मिस एण्ड मिस्टर प्रदेश २ को कार्यक्रम स्थगित भयो । दर्शकहरुलाई मन जितेकी पुजा ठाकुर नम्बर वनमा जानुपर्ने भन्दै मन्चमा बज्रपात भयो । आयोजकहरु कार्यक्रम छाडेर भगाभाग भयो । यो घटना जनकपुरको राजदरबार होटल भित्र असार ३० गते राती करिब १२ बजेको हो । कार्यक्रममा सिरहा लहान, बर्दिवास र जनकपुरका चालिस युवा युवतीले प्रतिस्पर्धा गरिरहेका थिए । प्रतिस्पर्धाका जज सबै काठमाण्डौबाट आएकोले स्थानीय मधेशी सांस्कृतिप्रति उदासिन भएर छनौट गर्न थालिएकोले दर्शकदीर्घाबाट हुटिंग भएको हो । योग्यलाई आर्थिक प्रलोभनको आधारमा जजहरुले पुजा ठाकुरलाई छनौट बाहिर राखिने वित्तिकै दर्शकहरु बबाल गर्न थालियो ।

आयोजकपक्षकै महमुद आलमले भने ‘विभेद भएकै हो ।’ ‘हामीले समावेशीको आधारमा जज राख्नुपर्छ भन्दा भन्दै आज यस्तो परिणाम भयो ।’ ‘कार्यक्रम स्थगित भएको छ ।’ ‘पुजा नम्बर वन हुनुपर्ने नै हो ।’ ‘तर, के लोभमा पुजालाई फाईव टपबाटै बाहिर गरियो ।’‘दर्शकको माग जायज हो ।’ आलम बताउंछन् ।

कार्यक्रम दिउंसो २ बजेदेखि राखिएपनि बेलुका ७ बजेतीर शुरु भएको थियो । पांच घण्टा ढिलो कार्यक्रम गर्नु नै आर्थिक चलखेलको अभ्यास भएको दर्शकहरुको आरोप छ । पुजा ठाकुर भन्छिन्—‘एक घण्टाको तालिमलाई तीन घण्टासम्म पेलेका थिए ।’ ‘ म माथी कन्फिडेन्स थियो’ ‘मेरो क्याटवाक हेरेर प्रशिक्षकले पनि सराहाना गरेका थिए ।’ ‘पैसाको भ्यालु छ, म संग पैसा पेल्ने आधार नभएकोले यस्तो भयो ।’ ‘भोली मेरो घरपरिवारले यस्तो कार्यक्रममा सहभागी हुन दिंदैन ।’ ‘स्थानीय जज किन राखिएन ।’ ‘यो सबै विभेदको खेती हो ।’

आयोजकमा मुख्य विशाल विष्टलगायत रहेका छन् । सहभागीहरुबाट दश—दश हजार रुपैयां तालिम बापत लिएका थिए भने विभिन्न कम्पनीबाट रकम उठाएर कार्यक्रम गरेका थिए । रमण कन्ट्रक्सन, सोनालीका ट्रायक्टर, मदिरा डिलरहरु गरी ५० लाख भन्दा बढी रकम संकलन गरिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१