Siraha Times
ताजा समाचार

अनुसासन नै बाल बालिका तथा विद्यार्थी हरूको गहना : मौलाना मशहूद

  • भदौ ३०, २०७८
  • ६७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कृष्णनगर नगरपालिकाको सभा हलमा बाल बालिकाहरू संग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिकाको आयोजना तथा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की को अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, अतिथि हरूमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी, आफन्त नेपाल कपिलवस्तु संयोजक केशर विश्वकर्मा, वडा अध्यक्ष संजय कुमार गुप्ता, वडा अध्यक्ष छेदी प्रसाद यादव,वडा अध्यक्ष मोहम्मद मोवीन खां, जाहिर आजाद झण्डानगरी रहनुभयो l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले बाल अधिकार संरक्षण हामी सबैको दायित्व रहेको बताउदै नगरको सरसफाइमा विद्यार्थी हरुको भुमिका अहम हुनुपर्ने बताउनुभयो l कार्यक्रममा बोल्दै बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले बाल बालिका हरूको सर्वांगीण विकासमा आमाको भूमिका महत्वपूर्ण रहेको बताउदै अनुसासन नै बाल बालिका तथा विद्यार्थी हरूको गहना रहेको भन्ने भाव व्यक्त गर्नुभयोl कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की ले उपस्थित सबैमा धन्यवाद दिदै बाल बालिका हरुको विकासका लागि नगरपालिका ले बजेट छुट्याएको बताउदै बाल बालिका हरूको उज्जवल भविष्यको कामना समेत गर्नुभयो l कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो साथै कार्यक्रममा युनिसेफका प्रकाश कैनी ले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभयोl उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, पत्रकार, कर्मचारी लगायत अन्यको उपस्थित थियो l कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१