Siraha Times
ताजा समाचार

महिलालाई अपहरण गरी सामूहिक बलात्कार गर्ने चार युवा सार्वजनिक

  • असार ३२, २०७५
  • १००९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख असार ३२ । आइतबार राति पेट दुखेर औषधि किन्न बजार गएकी एक महिलालाई जबर्जस्ती स्कार्पियोमा चढाएर सामूहिक बलात्कार गरेको आरोपमा चार युवा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार सम्मेलन गरी सामूहिक बलात्कार गरेकोको आरोपमा पक्राउ परेकालाई सार्वजानिक गरेको हो ।सिरहाको लाहान–उदयपुरको गाईघाट सडकखण्डमा रहेको लालपत्ताको जंगलबाट सामूहिक बलात्कार गरेको आरोपमा बा १४ च ६८१७ नम्बर स्कार्पियो चालक सिरहा मिर्चैया बस्ने वर्ष २६ का नितेशकुमार साह, सिराहा लाहान नगरपालिका ७ का २४ वर्षे अमित साह, २५ वर्षे सन्देश गुप्ता र विवेक साह रहेको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो ।स्कार्पियो गाडीमा महिलालाई राखी सामूहिक बलात्कारको प्रमाणसहित त्रियुगा नगरपालिकामा रहेको लालपत्ता प्रहरी चौकीले आइतबार रातिको घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको हो ।

पत्रकार भेटघाटमा जिल्ला प्रहरी प्रमुख एसपी भट्टले फिफा विश्वकप २०१८ फ्रान्सले जितेपछि खुशीयालीमा रक्सीले मातेका स्कार्पियोमा रहेका चार युवाले औषधि किन्न गएकी महिलालाई अपहरण गरी सामूहिक बलात्कार गरेको जानकारी दिनुभयो । ‘लाहान बाजारमा औषधि किन्न गएकी महिला रहिछिन्,’ एसपी भट्टले भन्नुभयो, ‘फान्सले जितेपछि खुशीयालीमा रक्सीले मातेका युवाले अपहरण गरी स्कार्पियोमा राखी बलात्कार गरेको बयान दिएका छन ।भट्टका अनुसार स्कारर्पियोमै महिलालाई राखी गाईघाटतर्फ आउँदै गर्दा लालपत्ता प्रहरी चौकी अगाडि चेक गर्ने क्रममा प्रहरीले रोकेर महिला को हो भनेपछि आरोपितले दिदी हुन् भनेछन् । त्यही बेला निर्वस्त्र महिला चिच्याउँदै ‘म दिदी होइन’ भनेपछि शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो । लाहानबाट गाईघाट २६ किलोमिटर दूरीमा पर्छ, आउँदाजाँदा ५२ किलोमितर हुन्छ । अनि जंगलमा रोकेर पनि चारै जनाले पालैपालो बलात्कार गरेको पीडित महिलाले बयान दिएको प्रहरीले जनाएको छ । ‘रक्सीले मातेका युवाले अपहरण गरी सामूहिक बलात्कार गरेका हुन,’ पत्रकार भेटघाट कार्यक्रममा एसपी भट्टले भट्टले भन्नुभयो, ‘चालकसहित चार जनाविरुद्ध अपहरण तथा जबर्जस्ती करणीको मुद्धा चलाउने छौँ ।’

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१