सिरहा नगरपालिकाका मेयर उपमेयर लगायतले एक वर्षमै बुझे ६६ लाख बैठक भत्ता

  • भदौ २८, २०७८
  • ११८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ २७ गते ।सिरहाको सिरहा नगरपालिका मेयर उपमेयरसहित जनप्रतिनिधि र कर्मचारीलले एकवर्षमै ६६ लाख बढी बैठक भत्ता बुझेका छन् ।मेयर अशेश्वर प्रसाद यादव र उपमेयर नमिता यादव लगायत जनप्रतिनिधि र कर्मचारीले आर्थि वर्ष २०७६।०७७ मा ६६ लाख ४२ हजार बैठक भत्ता बुझेको महालेखापरीक्षको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ को दफा ४ मा न्यायिक समितिको बैठकहरुमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन ।यधपि जनप्रतिनिधि र कर्मचारीले कानुन विपरीत बैठक भत्ता बेझेको महालेखापरीक्षकको प्रतिवेदनमा जनाइएको छ ।
वर्ष भरिमा कार्यपालिकाको १७ पटक भएको बैठकमा भत्ता ६ लाख २२ हजार, वडा समितिको बैठक भत्ता मासिक ३ पटक ५५ लाख ४४ हजार रुपैयाँ बुझेका छन् ।यस्तै नगरसभा संचालन २ दिनको ३ लाख ६० हजार, नगरसभा सदस्यलाई यातायात खर्च २ दिनको १ लाख २० हजार रुपैयाँ गरी ६६ लाख ४२ हजार बुझेका हुन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१