Siraha Times
ताजा समाचार

जिल्ला को नगरपालिका कृष्णनगर मा जनमत पार्टी को नगर अधिवेषन सम्पन्न। : ५१ सदस्यीय कमेटी गठन

  • भदौ २७, २०७८
  • ११९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु, भदो २६/ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा जनमत पार्टीद्वारा नगर कमिटी गठन गरिएको हो ! कृष्णनगर मा रहेको रामजानकी मन्दिरको हाल मा बैठक बसि छलफल गर्दा 51 सदस्यीय समिती बिनोद कुमार ओझाको अध्यक्षतामा गठन गरिएको हो उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनमत पार्टी कपिलवस्तु जिल्लाको जिल्ला अध्यक्ष राम लाल यादवले आफ्नो मिठो स्वागतमन्तव्य दिनु भएको हो ! विशिष्ट अतिथिको रूपमा जनमत पार्टी कपिलवस्तु जिल्लाको कोषाध्यक्ष मो .हनीफ गद्दीले पनि आफ्नो स्वागत मन्तव्य दिनु भएको हो ! जनमत पार्टी कपिलवस्तुको जिल्ला सदस्य राम राज चौधरी लगायतले स्वागत मन्तव्य दिदै यहाबाट भ्रष्टाचारी हटाउने समेत बताएका छन !

कृष्णनगर नगरकमिटी गठन गर्दा अध्यक्ष पद मा बिनोद कुमार ओझा ,उपाध्यक्ष पदमा राम बृक्ष चौधरी, महिला उपाध्यक्ष पदमा समुन्द्र देबि लोहर ,कोषाध्यक्षपदमा नसिर खाँ,सचीव पदमा बिस्णु प्रसाद मोर्या,सहसचीव पदमा हरिस कुमार चौधरी, महिला सदस्य सन्जु देवी केवट , सदस्य संजय बिस्वकर्मा सहित लगायत ५१ सदस्यीय नगर कमिटीको समिति गठन गरिएको हो ! नगर् अधिबेशन कार्यक्रममा मनोज माली, हाजी नसिर खा , हकिकुल्लाह,राम चन्दर यादव ,शिव प्रसाद चौहान, शक्ति देवी चौहान लगायत कृष्णनगर न.पा .को १देखी १२ वार्ड सम्माका सयांै को संख्यामा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो !

जनमत पार्टीद्वारा कृष्णनगर नगरपालिकाको मेयर पदको प्रत्यसी र युवा नेता मनोज कुमार ओझाले पनि आफ्नो स्वागतमन्तव्य दिदै यहा समाजलाई राम्रो बनाउने ,बिकाश गर्ने र यहाबाट भ्रष्टाचारी हटाउने लगायतको कुराहरु भन्दै बिनोद कुमार ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो !

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१