Siraha Times
ताजा समाचार

कर्जन्हा : नगरपालिकाको कार्यालयमा आगजनी, विरुद्धमा स्थानियद्धारा चक्काजाम

  • असार २८, २०७५
  • १२१७ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पण्डित सिरहा, २७ असार । सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गएराति आगजनी गरेका छन् । कर्जन्हा नगरपालिका बडा नं. ११ स्थित बगहामा रहेको नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गरेको आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचर लगायतका समानहरुमा क्षति पुगेको छ ।
नगरपालिकाका मेयर गंगा पासवानले नगरपालिकाको केन्द्र भाड्ने नियतले आगजनी गराएको स्थानिय राजलाल कामतले आरोप लगाए । नगरपालिकाको साबिक केन्द्र बगहा रहेपनि मेयर पासवानले कर्जन्हा बजारमा राख्ने पक्षमा रहेकोले स्थानियहरुले बगहा केन्द्र राख्नुपर्ने भन्दै अदालतमा मुद्धा दिएको थियो । अदालतले कर्जन्हा नगरपालिकाको केन्द्र बगहा राख्नुपर्ने आदेश समेत दिएको स्थानिय अनिल महतोले बताए । 

विरुद्धमा चक्काजाम 

कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले आफ्नो स्वार्थका लागि नगरपालिकामा आगजनी गराएको भन्दै स्थानियहरुले पुर्वपश्चिम लोकमार्गको वस्तिपुर मिर्चैया सडकखण्ड अन्तर्गत बगहामा चक्काजाम गरेका थिए । कार्यालयमा आगजनी गर्ने  समुहको पक्राउ गरी कार्वाही गनुपर्ने माँग गर्दै आज करीब विहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको स्थानिय राजलाल कामतले बताए ।
मेयर पासमानलाई बोलाई छलफल गर्ने सहमति पश्चात चक्काजाम खोलिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कैलाश चौधरीले बताए ।
कर्जन्हा नगरपालिकामा लामो सायदेखि केन्द्रको विषयमा बिबाद हुदै आएको छ । आगजनीले नगरपालिकाको दैनिक काम काज ठप्प भएको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१