Siraha Times
ताजा समाचार

लहान २४ मा वडास्तरीय नागरिक अधिकार मञ्च गठन

  • भदौ २४, २०७८
  • ६८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान , २४ भदौ । नागरिकको मौलिक हक र पहिचानलाई समाजमा स्थापित गर्न नागरिक अधिकार मञ्च सक्रिय भएका छन् । जो जहाँ छन् । त्यही गाउँठाउँमा नागरिक अधिकार मञ्च गठन गर्न आव्हान गरिएलगतै लहान २४ मा भदौ २३ गते वडास्तरीय नागरिक अधिकार मञ्च गठन भएको छ । लगनलाल पासमानका संयोजकत्वमा २१ सदस्य वडास्तरीय नागरिक अधिकार मञ्च गठन भएको छ । सो समितिका सहसंयोजकमा सुमित्रा यादव, सचिव कमलप्रसाद यादव, कोषाध्यक्ष लक्ष्मीदेवी सदाय समाजिक भेलाबाट चयन भएका छन् । यसैगरी सदस्यहरु कारी दास, विनोदकुमार साह, श्रीप्रसाद दास, श्रीचन्द्र राम, चन्द्रदेव यादव, शितलकुमार साह, बलिराम यादव, मुनी दास, राजलाल दास, ममताकुमारी सदाय, बविता सदाय, अनु सदाय, शनिचरी सदाय, शिवजी पासमान, भोगेन्द्र पासमान, संजीव यादव र कारि दासलगायतका चयन भएका छन् ।

कार्यक्रममा मधेश मिडिया मिशन नेपालका केन्द्रीय अध्यक्ष दिनेश्वर गुप्ता, नागरिक अधिकार मञ्च सिरहा लहानका मो.रमुल मियाँ, शितल साह, बलिराम यादवका विशेष उपस्थितिमा सो समिति गठन भएको हो । गठित समितिले आचार सहिता पालना गर्दै समाजमा रहेको विकृति विसँगती तथा घटना परिघटनाको सूचना संकलन गरी यसलाई रुपान्तरण गर्न सक्रियताका साथ अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् । योसँगै लहान १, २, ३ र ४ वडाका लागि विष्णु साह, सलाम अँसारी, चन्द्रु चौधरीलगायतले यथाशिघ्र समिति गठन गर्ने प्रक्रिया अगाडि बढाउँने नागरिक अधिकार मञ्चका अध्यक्ष मो. रहमुलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१