Siraha Times
ताजा समाचार

पशु कार्यालयद्धारा अनुगमन, बिना दर्ताको मासु पसल संचालन भेटियो

  • असार २१, २०७५
  • १६०८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २० असार । मिर्चैयामा संचालित मासु पसल, दुध डेरी उद्योग, बाख्रापालन र गाईपालन फर्मलाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका पशु सेवा कार्यालयले आज (बुधबार) अनुगमन गर्दा मिर्चैयामा मासु पसलहरु बिना दर्ताको संचालनमा रहेको पाईएको छ । अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको र फोहोर देखिएकोले पहिलो पटक सचेत गराई छाडिएको पशु सेवा कार्यालय मिर्चैयाका प्रमुख नागेश्बर हाथीले बताए । 
मिर्चैयामा संचालित रहेका दुध डेरी उद्योग पुर्ण रुपले सफा नरहेको र दहीलाई गुलियो बनाउन स्वास्थ्यका लागि हानीकारण हुने केमिकल प्रयोग गर्ने गरेको देखिएकोले उक्त केमिकल जफत गरिएको अनुगमन टोलीका नेतृत्बकर्ता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले जानकारी दिए । मिर्चैयाको थाना चौक र बजार एरियामा संचालित डेरीबाट केमिकल जफत गरिएको मेयर यादबले बताए । 
टोलीले मिर्चैया नगरपालिका बडा नं. ७ मा संचालित बाख्रा र गाई फर्मलाई समेत अनुगमन गरेका छन् । फर्महरु व्यबस्थित रुपमा संचालनमा रहेको   अनुगमन टोलीको भनाई रहेको छ । 
अनुगमनको क्रममा विना दर्ता मासु पसल सञ्चालन भएको, पसलमा फ्रिज नराखिएको, खुल्ला ठाउँमा राखेर मासु विक्री गर्ने गरेको, मासु विक्रेताको हातमा पञ्जा र मुखमा माक्स नभएको, मापदण्ड अनुसारको उपकरणको प्रयोग नभएको,  सिसा नहुदाँ धुलो मासुमा पुगेको देखिएकोले पहिलो पटक सचेत गराई फेरी अनुगमनको क्रममा पाईयो भने कानुन बमोजिम कार्बाही गर्नेे मिर्चैैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलले बताए ।
अनुगमन टोलीमा नगरपालिकाका मेयर श्रबण कुमार यादब, प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, पशु सेवा केन्द्र मिर्चैयाका प्रमुख नागेश्बर हाथी, प्राबिधिक जुगेश्वर साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि उत्तम कार्की, संचारकर्मी लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१