Siraha Times
ताजा समाचार

भदौ २२ पछि मन्त्री परिषद् विस्तार हुन्छ : उपेन्द्र यादव

  • भदौ १७, २०७८
  • ११५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर जनकपुरधाम, १७ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गते पछि मात्र मन्त्री परिषद विस्तार हुने बताएका छन् । बिहीबार जनकपुमा संचारकर्मीहरु संग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले गठबन्धनमा कुनै विवाद नभएको तर २२ गते पछि मात्र मन्त्रीपरिषद विस्तार गर्नुपर्ने जसपाको प्रस्तावमा गठबन्धन सहमत भएको उनले बताए । मन्त्रालयलाई लिएर माधवकुमार नेपालसँग विवाद भएको सन्दर्भमा संचारकर्मीहरुले सोधेको प्रश्नमा पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मन्त्रालय भागबण्डामा कुनै विवाद नरहेको बताए ।

प्रदेश २ मा २२ गते सम्म सांसदहरुले पार्टी रोज्न पाउने भएको र पार्टी फुटन सक्ने डरले त्यसपछि मन्त्री परिषद विस्तार गर्ने सोच्नु भएको हो ? भन्ने प्रश्नमा उनले तत्काल फुरसतको कमी रहेकाले २२ गते नै गरौं भन्नेमा सवै सहमत भएको उनको भनाई छ । उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरुलाई विचारा भन्दै उनीहरुसँग जसपाको तुलना नगर्न आग्रह गरेका छन् । प्रदेश २ मा २२ गते सम्म जसपाका स्थानिय र प्रदेशका जनप्रतिनिधीहरुले दल रोजन पाउने र निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय सिमा तोकिएको छ । यादवको स्वागतका लागि विमानस्थलमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, पार्टीका नेता कार्यक्रताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१