भदौ २२ पछि मन्त्री परिषद् विस्तार हुन्छ : उपेन्द्र यादव

  • भदौ १७, २०७८
  • १०११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर जनकपुरधाम, १७ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गते पछि मात्र मन्त्री परिषद विस्तार हुने बताएका छन् । बिहीबार जनकपुमा संचारकर्मीहरु संग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले गठबन्धनमा कुनै विवाद नभएको तर २२ गते पछि मात्र मन्त्रीपरिषद विस्तार गर्नुपर्ने जसपाको प्रस्तावमा गठबन्धन सहमत भएको उनले बताए । मन्त्रालयलाई लिएर माधवकुमार नेपालसँग विवाद भएको सन्दर्भमा संचारकर्मीहरुले सोधेको प्रश्नमा पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मन्त्रालय भागबण्डामा कुनै विवाद नरहेको बताए ।

प्रदेश २ मा २२ गते सम्म सांसदहरुले पार्टी रोज्न पाउने भएको र पार्टी फुटन सक्ने डरले त्यसपछि मन्त्री परिषद विस्तार गर्ने सोच्नु भएको हो ? भन्ने प्रश्नमा उनले तत्काल फुरसतको कमी रहेकाले २२ गते नै गरौं भन्नेमा सवै सहमत भएको उनको भनाई छ । उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरुलाई विचारा भन्दै उनीहरुसँग जसपाको तुलना नगर्न आग्रह गरेका छन् । प्रदेश २ मा २२ गते सम्म जसपाका स्थानिय र प्रदेशका जनप्रतिनिधीहरुले दल रोजन पाउने र निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय सिमा तोकिएको छ । यादवको स्वागतका लागि विमानस्थलमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, पार्टीका नेता कार्यक्रताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल सिरहाद्वा ...

ओम प्रकाश यादव, लहान साउन १८ । जसपा नेपाल सिरहा द्वारा सिरहा जिल्ला अधिकारीलाई ध्यानाकर्षण  ...

नारायणी अस्पतालमा पह ...

वीरगंज १८ साउन । वीरगंजको नारायणी अस्पतालमा छाला सम्बन्धी एक दुर्लभ, प्राणघातक र जटिल रोग टक्सिक इपि ...

एनआरएनए कतारको कार्य ...

शियाराम यादव-२अगस्त २०२५ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१